---Advertisement---

जन्मदिनको अवसरमा बालगृहका बालबालिकालाई सहयोग

On: October 4, 2022 10:19 AM
Follow Us:

जन्मदिन मनाउने आ–आफ्नै शैली हुन्छन्। कतिपयले आफ्नै तौर तरिकाअनुसार आफ्नो जन्मदिन मनाउने गरेको पाइन्छ। कोहीले मठ मन्दिरमा पुगेर पनि जन्मदिन मनाउँदै आएका छन्। जन्मदिन मनाउने नाउँमा धेरै खर्च गर्ने गरिएको पनि छ। तर, पछिल्लो समय भने जन्मदिन मनाउने तरिका सामाजिक सेवाको भावनातर्फ मोडिएको छ ।

यसैक्रममा पर्वतबेनीमा रहेको न्यू होराईजन आवासीय माविमा अध्ययनरत अस्मी रसाईलीले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग र भोजन गराई जन्मदिन मनाएकी छन् । धवलागिरी गाउँपालिका वडा नं ६ मराङ घर भई हाल जापानमा रहेकी अनु रसाईलीले छोरीको चाहना अनुसार नेपाल बाल संगठन म्याग्दीद्धारा सञ्चालित बालगृहमा रहेका १० जना बालबालिकालाई १२ हजारको स्टेशनरी साम्रागी सहित भोजना गराएको बताईन् ।

‘जन्मदिनमा उनले सधै सामाजिक कार्यमा खर्च गर्न रुचाउँछिन्,‘विगतमा पनि गलेश्वर आश्रममा रहेका बृद्धबृद्धालाई सहयोग गरी मनाएकी थिईन’ रसाईलीले भनिन् । विद्यालयमा शिक्षा एवम् अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेकी अप्रिनाले आफ्नो जन्मदिनमा बालगृहमा आउँदा खुसी लागेको बताईन् । ं

संगठनका सचिव सन्दिप खत्रीले बालबालिकालाई आवश्यक पर्ने सहयोग गरेकोमा धन्यवाद दिदैं बालगृहमा रहेका बालबालिकालाई कुनैपनि किसिमको अभाव हुन नदिन सबै क्षेत्रबाट सहयोग मिलेको बताए ।

जन्मदिन, अन्य पुन्यतिथि तथा विभिन्न कार्यहरुको नाममा अनावश्यक क्षेत्रमा फजुल खर्च गर्नुभन्दा पनि आर्थिक रुपमा विपन्न, असहाय तथा समस्यामा परेका व्यक्तिहरुको उत्थानमा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिने सहयोगबाटै बालगृह सञ्चालनमा सहज भएको खत्रीको भनाई थियो । कार्यक्रमको सञ्चालन बालगृहका कर्मचारी सुजन केसीले गरेका थिए ।