A spectacular view of Dhaulagiri and Gurja mountain as seen from Vakimle Chapare Village in Beni Municipality-3 in Myagdi district, on Thursday, November 09, 2017. Photo: RSS

दसैँको टिकाको दिन नजिकिँदै गर्दा पोखराको सहरी क्षेत्र सुनसान बन्दै गएको छ । फुलपातिको अघिल्लो दिनसम्म बजारमा चहलपहल देखिए पनि अधिकांश मानिस घर फर्केका कारण चहलपहल घट्दै गएको नयाँ बजारमा चिया तथा खाजाको व्यवसाय सञ्चालन गर्दै आएका राजु क्षेत्रीले जानकारी दिए।

दसैँका लागि बिक्रीमा ल्याइएका खसी तथा च्याङ्ग्राको ब्यापारका मुख्य केन्द्रहरू टुँडिखेल, खसीबजार लगायतमा फुलपातिका दिनसम्म मानिसहरूको भीडभाड रहेपनि ती स्थानमा पनि चहलपहल घट्दै गएको छ ।

दसैँका लागि पोखरामा विगतमा भन्दा कम सङ्ख्यामा च्याङ्ग्रा आएको र मूल्य पनि विगतमा भन्दा महङ्गो भएपछि यस पटक खसी तथा बोकाको व्यापार बढेको व्यापारीहरू बताउँछन् । पोखरा आसपासका गाउँबाट जिउँदो खसी बोका रु छ सय ५० देखि सात सय ५० रुपैयाँसम्म खरिदबिक्री भइरहेको छ ।

बजार क्षेत्रमा चहपहल कम हुँदै गएका अवस्थामा पोखरा आसपासका मठमन्दिरमा भने भीडभाड कायमै छ । नवदुर्गालाई लक्षित गरी पोखराको विन्दुवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सञ्चालन गरिएको छ । पोखरा आसपासका विभिन्न शक्तिपीठमा नवदुर्गालाई लक्षित गरी नवदुर्गा महोत्सव एवं विशेष पूजा गरिएको छ । पोखरा आसपासका कास्कीकोट, भरतपोखरीको कोटभैरव मन्दिरमा दसैँ विशेष पूजाआजा चलिरहेको छ । भरतपोखरीको कोटभैरव मन्दिरमा मल्लकालीन परम्परालाई निरन्तरता दिदै यस वर्ष पनि घटस्थापना गरी निरन्तर पूजाआज भइरहेको कोटभैरव मन्दिर संरक्षण तथा पूजा व्यवस्थापन समितिका कोषाध्यक्ष कर्णकुमारी महतले जानकारी दिए।

मन्दिरमा विधिवत् फुलपाति भित्र्याइएको र आज महाअष्टमी विशेष पूजाका साथै कालरात्रि गरिने उनले जानकारी दिनुए। मन्दिरमा महानवमीको पूजासँगै विजयादशमीका दिन सामूहिक रुपमा टीकाप्रसाद लगाउने प्रचलन छ ।

Leave a Reply