नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष दशैँको टीकाको शुभ साइत ११ बजेर ५१ मिनेटलाई तय गरेको छ। उक्त समयमा पूर्व मोहडा गरेर टीका ग्रहण गर्नु उचित हुने समितिले जनाएको छ।

तोकिएको समयलाई टीका र आशीर्वाद लिने सबैभन्दा उचित समय मानिए पनि त्यस दिन वा रातिसम्म जुनसुकै बेला टीका लगाउन सकिने समितिले जनाएको छ।

राज्य सञ्चालकले सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकोले साइत दिइएको हो। साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुने समितिको भनाइ छ।

घटस्थापनाका दिन दशैं घर वा पूजा कोठामा स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ। टीका लगाइमाग्ने पश्चिम र लगाइदिने पूर्व फर्कनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।

विजयादशमीको दिन बिहान नवदुर्गाको फेरि पूजा आराधना गरी जया, विजया, अजिता, अपराजिता गरी चार देवीको पूजा गरेर देवी विसर्जन गरिन्छ। देवी विसर्जनको साइतसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन सकिने छ। nagariknews.com

Leave a Reply