चाडपर्वमा समाजमा घट्न सक्ने सम्भावित घटनालाई मध्यनजर गरेर विशेष योजना जिल्लाभर लागु गरेको छ । नेपालीहरुको महान् पर्व बडादशैं तथा शुभदिपावली लगायतका चाडपर्वहरुमा विभिन्न किसिमका घटनाहरु घट्न सक्ने भएकाले सम्भावित घटनाको न्युनीकरण गर्न विशेष योजना तयार भएको प्रहरीले जनाएको छ ।

म्याग्दीका प्रहरी नायव उपरीक्षक तिलक भारतीले यसपाली चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा सतर्कता अपनाइएको बताउनुभयो । ‘चाडपर्वमा प्रहरीको नियमित बाहेक फरक योजना हुन्छ,‘यसपटक पनि विषेश योजना कार्यान्वयन गरिएको छ’ प्रनाउ भारतीले भन्नुभयो । उहाँका अनुसार केहीदिन यता बेनीबजार आसपासमा चोरीका घटना घट्न थालेपछि सादा पोसाकमा प्रहरी परिचालनलाई समेत प्राथमिकतामा राखिएको छ ।

बजारका होटलहरुमा बास बस्नेहरुको रेकर्ड राख्न लगाउने जस्ता कार्यहरु गरिएको र जुवातास सहित कानुन विपरितका गतिविधिलाई समेत उच्च निगरानीमा राखिएको प्रहरीले जनाएको छ । चाडपर्वमा बढी मेला हुने ग्रामीण क्षेत्रमा अपराधी नियन्त्रणका लागि ग्रामिण क्षेत्रमा रहेका प्रहरी चौकीबाट समेत नियमित निगरानी बढाइएको बताउँदै अपराधिक घटना न्यूनिकरणमा आम नागरिकबाट समेत सहयोगको अपिल प्रहरीले गरेको छ।

जिल्लाको सदरमुकाम आसपासका क्षेत्रमा गोप्य रुपमा जुवातास खेलाउने जस्ता गैरकानुनी क्रियाकलाप हुने गरेको जानकारी पाएपछि प्रहरीले साधा पोशाकमा परिचालन गरेको छ । त्यसैगरी जिल्लामा चोरी, डकैती, लुटपाट, अनियमित भाडा असुल्ने, ओभरलोड लगायतका थुप्रै घटनालाई लक्षित गरी विषेश चेकपोष्ट खडा प्रहरीलाई परिचालन गरिएको छ । दशैंको दिनमा भइरहेको बर्षाका कारण हुनसक्ने क्षती तथा बाटो अवरुद्ध भएमा तत्काल खुलाउने कार्यमा सहजीकरण गर्न गर्न सबै यूनिटमा अनुरोध गरिएको छ ।

त्यस्तै साधा पोशाकमा जिल्ला सदरमुकाम बेनीदेखि ग्रामिण क्षेत्रसम्म प्रहरीलाई परिचालन गरिएकाले कुनैपनि घटना भएमा तत्कालै प्रहरीले नियन्त्रणमा लिन सक्ने गरी संयन्त्र तयार गरेको छ । विगतका घटनालाई समेत लक्षित गरी नियमित रुपमा प्रहरीको गस्ती बढाउने तथा कालिपुलमा स्थापना गरिएको प्रहरी सहायता कक्षामार्फत म्याग्दीभित्र र मुस्ताङ जाने यात्रुलाई चर्को भाडा असुल्ने कार्य रोक्न प्रहरी नै यात्रुको रुपमा परिचालन गरिएकाजनाइएको छ ।

 

 

Leave a Reply