म्याग्दीको बेनीस्थित बालगृहका अनाथ बालबालिकाले विजया दशमीको टिका लगाएका छन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले टिका लगाइदिनुभएको हो ।

बालगृहका बालबालिकालाई दशैंमा निरश नबनोस् भनेर टिका लगाइदिएको बालगृहमा हाल ११ बालबालिका आश्रित छन् । अभिभावकबिहीन बालबालिकालाई बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

Leave a Reply