बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण राष्ट्रिय गौरवको ७६ किमी ( बेनी–जोमसोम )सडक अवरुद्ध भएको छ ।अविरल वर्षाले बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौं स्थानमा पहिरो गएको छ भने कतिपय स्थानमा सडक भाँसिएको छ ।

यसवर्ष बर्खा सकिएपनि पछिल्लो समय दशै पर्वको दुईदिन अघिदेखि अविरल वर्षा भईरहेको छ । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकका सुपरभाईजर ईन्द्रसिंह शेरचनका अनुसार  म्याग्दीको घुमाउने ताल, बैसरी, बेग खोला, तातोपानी भीर, जलथले,  गुईठे भीर, रुप्से झरना र काभ्रेभीर लगायतको सडकमा वर्षाले सडक अवरुद्ध बनाएको हो ।

दशैं अघिको अविरल वर्षाले बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पुरै हिलाम्मे भएको छ भने कतिपय स्थानमा सडक ध्वंस्त भएको सुपरभाईजर शेरचनले  जानकारी दिए । बेनी–जोमसोम सडक खण्डको शाखा नदीको वाहव उच्च हुँदा केही स्थानमा सडक पुरै बगाएको छ भने कतिपय स्थानमा पहिरो खस्न क्रम अझै रोकिएको छैन ।

दशै पर्वको मुखमा अविरल वर्षाले सडक अवरुद्ध हुँदा दशैं पर्व मनाउन हिडेका सर्वसाधारण तथा मुस्ताङ भ्रमण गर्न आएका पर्यटक बीच सडकमै अलपत्र परेको सुपरभाईजर शेरचनले बताए । राष्ट्रिय गौरवको निर्माणधिन बेनी–जोमसोम सडकमा काम गर्ने मजदुर र उपकरण चलाउने अपरेटर दशै मनाउन घरतर्फ प्रस्थान गरेकाले सडक खुलाउन समस्या परेको छ ।सुपभाईजर शेरचनले वर्षा रोकिएमा सडक खोल्न पहल गर्ने जानकारी दिए ।

दशैंको टिकाको दिन आज देशैभर अविरल वर्षा भईरहेको छ । मुस्ताङमा पनि गएरातीदेखि निरन्तर वर्षा भईरहेको छ । वर्षाले बेनी–जोमसोम सडक अवरुद्ध खाद्यान्न,फलफुल र निर्माण सामाग्री ढुवानीमा समस्या परेको छ भने मुस्ताङमा उत्पादित कृषिजन्य उत्पादन पोखरा लैजान समस्या भईरहेको छ । emustangnews.com

Leave a Reply