म्याग्दीको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ ।
विगतका वर्षहरुमा पुसको अन्तिम सातादेखि हिमपात हुने गुर्जामा यस वर्ष असोजमा नै हिमपात भए पछि स्थानीय चिन्तित भएका छन् । समुद्री सतहबाट ३ हजार ३ सय २० फिट उचाइमा निरन्तर वर्षा अझै रोकिएको छैन । वर्षासँगै हिमपात भए पछि गुर्जाका लेकाली क्षेत्रहरु सेताम्यै भएका र  अत्यधिक चिसो बढेपछि स्थानीयलाई सास्ती भएको धवलागिरि गाउँपालिका वडा नं १ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।
धवलागिरि गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका छन्त्यालले आफू जान्ने भएदेखि असोजमा कहिल्यै पनि हिमपात भएको थाहा नपाएको बताए ।
निरन्तर वर्षा कारण विशेष गरी वृद्धवृद्धा, बालबालिका र पशु चौपायालाई सास्ती भएको छ । file photo

Leave a Reply