Commuters walk through heavy monsoon rain in Shimla on Tuesday. Rain fell in several areas of India, bringing down temperatures in the region as the monsoon season approaches. Photo Amit Kanwar

काठमाडौँ । आजबाट पूर्वी नेपालको मौसममा क्रमिक सुधार भए पनि पश्चिम नेपालका अधिकांश जिल्लाहरुमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा मध्य-पश्चिम बंगालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । यसका कारण आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने अनुमान गरिएको छ ।

अहिले सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी तथा गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी देखी धेरै भारी वर्षाको संभावना रहेको छ ।

राति पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पुर्ण बदली र बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ । यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

शनिबार या आइतबारबाट मुलुकभरको मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

Leave a Reply