नेपाली गितसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाएका गायक प्रकाश दूतराजले संगीत प्रेमीलाई फरक-फरक स्वाद पस्कन्छन्,। नेपाली संगीत बजारमा म्यूजिक भिडियो सार्वजनिकका लागि भइरहेको हानथाप, चल्तीका कलाकारहरूको तानातान,महिनैपिच्छे बजारमा आउने गीतसँग गायक दुतराजलाई कुनै सरोकार छैन् ।

एउटा गीत बजारमा आएको करिब ६ महिनापछि अर्को प्रस्तुतीका लागि ब्यस्त रहन्छन् । एउटै शैलीका गीत सुन्दासुन्दै  स्रोत र दर्शकको कान थाकिसकेको अवस्थामा फरक र रसिला स्वाद पस्किने गरेका गायक दुतराजको फरक स्वादकै कारण अहिले उनका गीत बालबालिकादेखि बृद्धबृद्धासम्मले रुचाउँछन् ।

विविधतापूर्ण शब्द तथा सामाजिक सन्देशले भरिएका गीतलाई सार्वजनिक गर्ने दुतराजले यसपटक पनि दशैंको मुखमै नयाँ गीत ‘मैं जाम्ला’ ल्याएका छन् । यो गीत अहिलेसम्म यूटुवमा झण्डै ४ लाख ३६ हजारले हेरेका छन् । यो गीत अहिले टे«डिङ नं ३ मा छ । गीतमा शब्द तथा संगीत दुबै गायक दुतराजको हो । गरिब परिवार, आमाको संर्घंष, शिक्षा लगायत सामाजिक गतिविधि, परिवेशलाई छपककै छोपेको छ ।

एकल महिलाले घरदेखि आफ्नो ब्यवसायसम्म गर्नुपरेको संघर्षलाई समेत गीतमा समेटिएको छ । प्रकाशकै निर्देशनमा तयार भएको गीतको भिडियोमा लक्ष्मी बर्देवा र सुनिल दूतराजले अभिनय गरेका छन् भने उनलाई पनि भिडियोमा थोरै समय देख्न सकिन्छ ।

अनिल के मानन्धरको छायांकन रहेको ‘मै जाम्ला’लाई नवीन घर्तीमगरले सम्पादन गरेका हुन्।म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको यो गीतलाई सामाजिक सञ्जाल र टिकटकमा समेत निकै रुचाइएको छ । यसअगाडी ‘मन भुल्छ’, ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लवबाट अगाडी बढेको थियो ।

आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ । नेपाली सांगितिक क्षेत्रमा पछिल्ला केहीबर्ष यता दुतराजको फरक पहिचान र स्थान छ । म्याग्दी ऐतिहासिक, सामाजिक र सांस्कृतिक महत्वले थप अग्रणी भूमिका खेल्ने जिल्ला भएकाले आफुँलाई यहाँबाट धेरै मायाँ मिलेको बताए । ‘मैले संख्या धेरै होईन्, दर्शकको रुचाईलाई प्राथमिकता दिन्छु,‘यसपटक पनि मेरो प्रस्तुतीलाई रुचाइएको छ, निकै उत्साहित छु’ दुतराजले भने ।

उनले आफ्नो प्रस्तुती मनोरञ्जनका लागि कम विकृती बिरुद्ध र सामाजिक सद्भावका लागि धेरै हुने बताए । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ । उनको प्रस्तुतीलाई रुचाएर अहिले विदेशमा रहेका म्याग्देलीले समेत विभिन्न कार्यक्रमहरूमा बोलाउन थालेका छन् । यसपटक उनले आफ्नो कान्छो भाई सुनिल दुतराजलाई समेत म्यूजिक भिडियोमा इन्ट्री गराएका छन् । सुनिलको पहिलो अर्थात डेब्यू म्यूजिक भिडियोको प्रस्तुती नै निकै उत्कृष्ट छ ।

Leave a Reply