प्रशान्त महासागरको टापु देश न्युजिल्यान्ड टिपुकेको कम्यूनिटी बोर्ड सदस्यमा म्याग्दीका अनीस पौडेल निर्वाचित भएका छन् । न्युजिल्यान्डको स्थानीय निर्वाचनमा र्बोड सदस्यमा उम्मेदवारी दिएका म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरका पौडलले विजय भएका हुन् । युवा व्यवसायी, समाजसेवी तथा बैङ्कर पौडेलसँगै बोर्ड सदस्यमा प्रतिस्पर्धी १० जनामध्ये ४ जना निर्वाचित भएकोमा सबैभन्दा लोकप्रिय मत प्राप्त गरेका छन् ।

न्युजिल्यान्ड टि पुकेमा नेपाली जनसंख्या तथा व्यवसाय बढ्दै गएपछि नेपाली तथा स्थानीयको आवाज काउन्सिल च्याम्बरसम्म पुर्याउन सहज भएको पौडेलले बताए । ‘मेरो अवको यात्रा थप सहज भएको छ,‘समुदायको मत जित्ने गरी थप काम गर्नेछु’ पौडेलले बेनीअनलाइनलाई भने ।

उनले टिपुकेमा रहेका समुदायको अनुकुल योजना बनाउने, समुदायमा आधारित कार्यक्रम सहितको योजनाहरु बनाउने भूमिकामा प्रवेश गरेको बताए ।डिस्ट्रिक काउन्सिलरसँग प्रत्यक्ष कार्यक्रममा समेत सहभागी भएर काम गर्ने बताए । स्वतन्त्रता, फ्रि इन्टरप्राइज (व्यापार स्वतन्त्रता) र प्रोटेक्सजन टु रिकग्जनाइज ट्रेडिसन सिद्धान्त रहेको जनाउंदै पौडेलले चुनावी अभियानमा गरेका प्रतिबद्धता पुरा गर्ने बताए ।

टिपुकेमा जनताका हक–हित र कल्याण प्रमुख नीति सहितको एजेण्डा लिएर पौडेल चुनावी मैदानमा होमिएका थिए । उनका एजेण्डालाई मतदाताले समेत रुचाएका थिए ।

लामो समय देखी न्युजिल्यान्ड बसेका पौडेल को बुवा कीभी फ्रुट व्यवसायमा आवद्ध छन् भने पौडेल वेष्ट प्याक बैङ्कमा आबद्ध छन् । पौडेलका बुबा समेत न्यूजिरल्यान्डमा रहेका नेपाली समुदायसँग आधारित एआरएनए सहितका विभिन्न संघसंस्थामा कार्यरत छन् ।

Leave a Reply