म्याग्दीको सदरमुकाम बेनीमा रहेको बालगृहका बालबालिकालाई बेनीका एक ब्यवसायीले विगत २ दशकदेखि बालगृहका बालबालिकालाई दशैंमा निरश नबनोस् भनेर टिका लगाउने गरेका छन् । अभिभावकबिहीन बालबालिकालाई म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले दशैंको अवसरमा मिठो खानेकुरा र टिका लगाइदिने गरेका छन् ।

बि.स २०५९ साल जेष्ठ २९ गते भएको जिल्ला अधिवेशनबाट सचिवमा चयन भई ४ बर्ष काम समेत गरेका श्रेष्ठले बालगृहमा हरेक बर्ष दशैंको अवसरमा ब्यक्तिगत तथा अन्य समयमा समेत सहयोग गर्ने गरेको बताए ।

‘बालगृहमा दशैं मनाउन लागेको पनि दुई दशक वितेछ,चाडपर्वमा विशेष प्राथमिकता दिएर सम्झिने गरेको छु’ श्रेष्ठले भने । उनले घरपरिवारलाई सम्झिने अवस्था चाडपर्वमै हुने गरेको बताउँदै सबैको साथ र सहयोगले उनीहरुमा देखिएको खुसीले उत्साहित हुने गरेको बताए ।

बालगृहकी आया सावित्री थापामगरले समाजसेवी श्रेष्ठले हरेक बर्ष गर्ने सहयोगसँगै जन्मदिन तथा अन्य अभियानमा समेत बालगृहमा आउने गरेको बताईन् ।

उनले अन्य दिनको तुलनामा चाडपर्वमा बालबालिकाले मिठो खाने र रमाईलो गर्ने गरेको बताईन्। नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको सो बालगृहका बालबालिकालाई नेपाल बाल संगठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले टिका लगाइदिएका थिए । बालगृहले आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको व्यवस्था मिलाएको छ ।

Leave a Reply