नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले भाबुक स्टाटस लेख्दै पार्टीभित्रका केही ब्यक्तिहरुको श्रृखलाबद्ध आक्रमण तथा पार्टीबाटै निश्कासन गर्ने षडयन्त्रलाई परास्त गरेको बताउनुभएको छ ।आइतबार बिहान आफ्नै सामाजिक सञ्जालमा निर्वाचनमा टिकट नपाएको र भावी योजनाका बारेमा सन्देश लेख्दै नेता सुबेदीले जीवनको उर्जावान समय ब्यतित भएको पार्टीले मेरो योगदान र कृयाशिलताको माग गरेको महसुस गरेको बताउँदै टिकट नपाएपनि सक्रिय रुपमा पार्टीका उम्मेदवारलाई जिताउन लाग्ने भन्दै आफ्नो सक्रियतामा कुनै कमी नहुने बताउनुभयो ।

आगमी मंसिर ४ मा हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवार हुन असफल भएपनि पार्टीको अभियानमा निरन्तर सक्रिय रहने बताउनुभयो ।सुवेदीलाई प्रदेशसभा निर्वाचन क्षेत्र क का लागि आफ्नो दावी प्रस्तु गर्नुभएको थियो । सुवेदी सँगै जिल्ला कमिटिले पार्टी अध्यक्ष देवेन्द्र बहादुर केसी लगायतको नाम केन्द्रमा सिफारिस गरेको थियो । केन्द्रले केसीलाई टिकट दिएको छ । जिल्लामा पार्टीका कार्यक्रर्ताको चाहना भएपनि आन्तरिक गुटबन्दीका कारण आफूले टिकट पाउन असफल भएको समेत सुबेदीको भनाई छ ।

सुवेदीले फेसबुकमा यस्तो लेख्नुभएको छ ।
आदरणीय दाजुभाई दिदी बहिनीहरू,
यहांहरूको चाहना र बहुसंख्यक पार्टि कमिटीका कमरेडहरूको भावनाको प्रतिनिधित्व गर्न नसकेकोकोमा क्षमा चाहान्छु। केवल सरकारि सुविधा प्राप्तिका लागि मात्र नभयर सिंगो गण्डकि प्रदेश र म्याग्दि जिल्लाको रूपान्तरणका निम्ती योगदान गर्ने योजना सहितको मेरो ऊमेदवारि दावि यसपटक सफल भएको छैन१ करिव ३५ बर्ष लामो राजनितिक यात्रामा हालसम्म कुनै पनि अवसर प्राप्त नगरेको सन्दर्भमा मलाई उमेदवार बनोस् भनि सुभेक्षा राख्नुहुने प्रदेश सभा समन्वय कमिटी, जिल्ला कमिटी , प्रेदेश कमिटी का साथै केन्द्रिय सचिवालय का नेता कमरेडहरू , पेशागत र जनबर्गीय संगठनका नेता

कमरेडहरूका साथै तमाम समर्थक शुभेच्छुकहरू प्रति हार्दिक आभार एवं कृतज्ञता ब्यक्त गर्दछु ।
यहांहरूको माया र सद्भावले केहि ब्यक्तिहरूको श्रृखलाबद्ध आक्रमण बाट मलाई पार्टिबाट निश्कासन गर्ने षडयन्त्रलाई परास्त गरेको छ र मेरो जिवनको ऊर्जावान समय ब्यतित भएको यो पार्टिले मेरो थप योगदान र कृयाशिलता माग गरेको महशुस् भएको छ। जसकारण अविचलित रूपमा पार्टिमा कृयाशिल रहन सम्पूर्ण कमरेडहरूलाई हार्दिक अनुरोध गर्दछु।

बहुसंख्यक नेता कार्यकर्ता हरूको मन जित्दा पनि बिशेष गरि केन्द्रिय अध्यक्ष कमरेड र केहि मित्रहरूको मन जित्न नसक्दा यसपटक मेरो उमेदवारीले पूर्णता प्राप्त गरेन।मेरो उमेदवारीको निम्ती बैधानिक सबै प्रयत्नहरू असफल रहे । म जस्तै थुप्रै आकांक्षि नेता कमरेडहरूको अवस्था यस्तै रहेको छ। चिन्ता एक थान उमेदवारीको भन्दा पनि कार्यशैलि र प्रबृतिको हो।उमेदवारी प्राप्त गर्नु हुने कमरेड हरूलाई हार्दिक बधाई दिन चाहान्छु । अबको कार्यभार निर्वाचन सफल गराउनू र बिजय हासिल गर्नु हो१ सबैलाई शुभकामना

Leave a Reply