आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अन्तिम समयमा टिकट साटफेर गरेका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका दुवै क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रको भागबन्डामा परेको टिकट साटफेर गरेका हुन् ।

केन्द्रबाट माओवादी केन्द्रलाई प्रतिनिधिसभा र प्रदेशसभाका दुवै निर्वाचन क्षेत्र नेपाली कांग्रेसले लिने सहमति भएकोमा जिल्लास्तरमा दुबै पार्टीका नेताहरूको छलफल गरी लिखित रुपमै केन्द्रलाई अनुरोध गरेपछि प्रतिनिधिसभा कांग्रेस र प्रदेशका दुबै नेकपा माओवादीले लिएको छ ।  टिकटको विषयमा नेपाली कांग्रेसमा समेत असन्तुष्टी र माओवादी केन्द्रले समेत प्रदेशमा सहज हुने बताएपछि जिल्लाका नेताहरूको चाहना अनुसार नै केन्द्रबाट साटफेर भएर आएको नेपाली कांग्रेस म्याग्दीले जनाएको छ ।

अब म्याग्दीमा गठबन्धनबाट प्रतिनिधिसभाका लागि नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा खम्बीर र प्रदेश ‘क’ तर्फ नेकपा माओवादी केन्द्रका नेता हरि भण्डारी र प्रदेश ‘ख’ मा माओवादी केन्द्रकै जिल्ला संयोजक सुविन जुग्जाली उम्मेदवार बनेका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्र म्याग्दीका नेताहरूले समेत जिल्लाको सहमतिलाई पालना सहित चुनावी अभियानलाई थप बलियो बनाउने बताएका छन् ।

माओवादी केन्द्रलाई संघ परेपछि नेपाली कांग्रेस म्याग्दीमा ठूलो विवादको रुप लिएको थियो । यो संगै प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवारी गर्बुजा र नेकपा एमालेका हरिकृष्ण श्रेष्ठ बिच कडा प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै नेकपा एमालेबाट प्रदेश क मा जिल्ला अध्यक्ष देबेन्द्रबहादुर केसी र ख क्षेत्रमा याम गर्बुजालाई उम्मेदवार बनाएको छ ।

Leave a Reply