आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा प्रतिनिधिसभा र प्रदेशसभामा १७ उम्मेदवारको मनोनयन दर्ता गरेका छन् । जिल्ला समन्वय समितिको सभाहलमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर तीन सिटका लागि राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गरेका हुन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीको प्रतिनिधिसभामा ७ र दुई क्षेत्र रहेको प्रदेशसभामा १० जनाले उम्मेदवारी दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभामा नेकपा एमालेबाट हरिकृष्ण श्रेष्ठ, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट खमबहादुर गर्वुजा (खमविर),राष्ट्रिय प्रजातन्त्र पाटीबाट जगतप्रसाद गौचन,मंगोल नेशलन अग्रनाईजेशनबाट ओमराज मगर, राष्ट्रिय स्वतन्त्र पाटीबाट हरीबहादुर खत्री क्षेत्री र स्वतन्त्र तर्फबाट खिलबहादुर बरुवाल र नविन जिसीले मनोनयन दर्ता गरेका छन् ।

त्यस्तै प्रदेशसभा तर्फ माओवादी केन्द्रबाट प्रदेश ‘क’ मा हरीबहादुर भण्डारी ‘ख’ मा रेशम जुग्जाली, नेकपा एमालेबाट प्रदेश ‘क’ मा देवेन्द्रबहादुर कटुवाल ‘ख’मा याम गर्वुजा,राप्रपाबाट प्रदेश ‘क’ मा प्रविन शाही ‘ख’ मा मिठुकुमारी थापा मंगोल नेशनल अर्गनाइजेसनबाट प्रदेश ‘क’ मा दिपक पुन ‘ख’ मा डेगबहादुर पुन (डिके) र स्वतन्त्र तर्फ प्रदेश ‘क’ मा नेत्रबहादुर महत ‘ख’ मा देवेन्द्र फगामी रहेका छन् । म्याग्दीमा पाँच दलीय गठबन्धन र नेकपा एमाले बिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

Leave a Reply