‘सेवा हि परमोधर्म’ भन्ने मूल नारासहित जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा आज (आइतबार) १४८औं विश्व हुलाक दिवस मनाइएको छ । जिल्ला हुलाक कार्यालयद्वारा सदरमुकाम बेनीबजारमा प्रभातफेरी तथा अन्तत्र्रिmया कार्यक्रम र उत्कृष्ट कर्मचारी सम्मानसहित विश्व हुलाक दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर जिल्ला हुलाक कार्यालयमा २५ वर्षसम्म सेवारत खरिदार ईन्द्रप्रसाद शर्मा र हल्कारा पदमा ३१ वर्षसम्म सेवारत मोहन बानियाँलाई जनही तीनहजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरी सम्मान गरिएको जिल्ला हुलाक कार्यालय म्याग्दीले जनाएको छ ।

कार्यक्रमको अवसरमा हुलाककर्मीहरुको बीचमा अन्तत्र्रिmया तथा छलफल समेत गरिएको थियो । अन्तत्र्रिmयामा सहभागी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले हुलाक जस्तो संवेदनशील ठाउँमा रहेर काम गरिरहेको भए पनि सोअनुसार तलब वृद्धि हुनुपर्ने माग गरेका छन् ।

हुलाक कार्यालयमा कार्यरत खरिदार शर्मा र हल्कारा बानियाँलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी राना, प्रहरी नायव उपरीक्षक तिलक भारती, सशस्त्र प्रहरी बल गलेश्वरका डिएसपी प्रदीप थापा र जिल्ला हुलाक कार्यालय प्रमुख एवं जिल्ला हुलाक अधिकृत अमृत सुवेदीले अबिरको टिका र खादा लगाई सम्मानपत्रले सम्मान गर्नुभएको थियो । हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ रानाले हुलाकलाई व्यावसायिक बनाउँदै लैजानुपर्ने बताउनुभयो ।

उहाँले आधुनिक प्रविधिको विकास सँगसँगै हुलाकलाई अब इ–कमर्समा परिवर्तन गरेर सेवा प्रवाहमा अगाडि बढाउनुपर्नेमा जोड दिँदै समुदायमा अझै पनि हुलाक सेवाको महत्व कायमै रहेकाले यसको सेवा प्रवाहलाई आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रम जिल्ला हुलाक कार्यालय प्रमुख सुवेदीको अध्यक्षता, खरिदारद्वय रामबहादुर रोकाको स्वागत र मिनबहादुुर बरुवालको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीमा एक जिल्ला हुलाक, १० इलाका र २९ वटा अतिरिक्त हुलाकहरु रहेका छन् । कुल दरबन्दी २ सय १२ रहेकोमा हाल १ सय ८० जना कर्मचारी कार्यरत छन् ।

Leave a Reply