एकिकृत समाजवादी म्याग्दीका उपाध्यक्ष हेमराज शर्मा विगत दुई दिनदेखि सम्पर्कविहीन भएका छन् । म्याग्दीको बेनी नगरपालिका वडा नं ५ पुलाचौर स्थायी घर भई हाल काठमाण्डौ महानगरपालिका–१६ बनस्थली बस्ने ५० बर्षिय शर्मा आइतबार साँझ चार बजेदेखि बेपत्ता भएका हुन् ।

सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासी सम्पर्कविहिन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरेका छन् । ‘हामी घरमा राम्रोसँगै कुराकानी गरेका थियौ,‘बुबाले केही असहज महसुस गर्नुभएको थिएन’छोरा बिबेक शर्माले भने । घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नरहेकोतर केही आत्तिएको जस्तो भने देखेको बताए । आइतबार रातीसम्म आफन्तहरु समेत सोधपुछ गर्दा कुनै अत्तोपत्तो नभएपछि खोजि कार्यका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएको छ।

Leave a Reply