म्याग्दीमा हुने भलिबल खेलको विकासमा प्रवासी म्याग्देलीले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । सर्वाधिक लोकप्रिय तथा चर्चित खेलका रूपमा भलिबल क्षेत्रमा खेलाडीको उत्पादन तथा प्रोत्साहन र जिल्लामा हुने भलिबलजन्य गतिविधिमा मोना जापानले आवश्यक सहयोग गर्न प्रतिबद्धता जनाएको हो ।

जिल्ला भलिबल संघ म्याग्दीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मोना आइसीका बरिष्ठ उपाध्यक्ष एवम् संघका संरक्षक ददिवल खड्का, सल्लाहकार राम खड्का, मोना जापानका पूर्व अध्यक्ष दिपक कार्की,खेलप्रेमि बिशाल क्षेत्री,सागर कार्की,भलिबल प्रशिक्षक कौसीला खत्रीलाई सम्मान तथा स्वागत कार्यक्रममा भलिबल नेपालको राष्ट्रिय खेल भएकाले राष्ट्र चिनाउने खेल भएकाले पनि यसलाई स्थानीयस्तरमा थप बलियो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

म्याग्दीले राष्ट्रिय महिला टोलीकी कप्तान अरुणा शाही जस्ता खेलाडी जन्माएको म्याग्दीको ग्रामिण क्षेत्रमा लुकेका खेल प्रतिभालाई उजागर गरी खेल क्षेत्रलाई थप उचाईमा पु¥याउन सहयोग गर्ने संघका संरक्षक ददिवल खड्काले बताए । संघका अध्यक्ष तेजेन्द्र बानियाँले स्वदेश तथा विदेशमा रहेका भलिबलप्रेमीहरुको साथ र सहयोगबाट अगाडी बढ्ने बताए । उनले जिल्लामै राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिताको आयोजना हुन लागेकाले सबैको साथ र सहयोग आवश्यकता रहेको बताए ।

Leave a Reply