नेपाली काँग्रेस, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको सभापतिको जिम्मेवारी कृष्णप्रसाद बरुवाललाई दिएको छ । बेनीमा सोमबार बसेको जिल्ला कार्यसमितिको बैठकले बरुवाललाई गाउँपालिका सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो । काँग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले सभापतिले समय दिन नसक्ने जानकारी गराएपछि बरुवाललाई सभापतिको जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिनुभयो ।

काँग्रेस अन्नपूर्णका सभापति बलबहादुर तिलिजा एक वर्ष अघि भएको काँग्रेसको पालिका अधिवेशनका क्रममा बरुवाललाई एक मतले पछि पार्दै सभापतिमा निर्वाचित हुनुभएको थियो । तिलिजा गत स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा पराजित हुनुभएको थियो । सभापतिको जिम्मेवारी पाएका बरुवाल पुर्व जिल्ला सदस्य हुनुहुन्छ । उहाँ अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ६ को पुर्व वडा अध्यक्ष समेत हुनुहुन्छ ।

Leave a Reply