बेनी-पोखरा चल्ने सवारीसाधनको मनपरी भाडा, ट्याक्सीको रिर्जभमा ८ हजारसम्म भाडा

0
6

चाडपर्वको बाहनामा म्याग्दीबाट आन्तरिक तथा राजमार्गमा चल्ने सार्वजनिक सवारीसाधनले यात्रुबाट मनपरी भाडा असुल्ने गरेको पाइएको छ । दशैं मनाएर गन्तब्यतर्फ फर्किने र विभिन्न जिल्लाबाट म्याग्दी भित्रिने यात्रुबाट तोकिएको भन्दा तेब्बर भाडा असुल्ने गरेको गुनासो आउँदा समेत सम्बन्धित निकाय मौन देखिएको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि पोखरा चल्ने ट्याक्सीले रिजर्भमा ८ हजारसम्म लिने गरेको यात्रु दिपेश बराईलीले बताए । ‘चाडपर्वमा नयाँ भाडा हुन्छ,‘तोकिए अनुसारको तिरे लैजान्छौ भन्छन्‘ बराईलीले भने । यात्रुलाई बर्षाले हिलोमा सवारीसाधन फस्ने र सडकमा समेत जोखिम भएकाले भाडा बढाउन बाध्य भएको बताउने गरेको भन्दै मनपरी भाडा असुलीलाई समेत रोक्ने प्रयास नभएको गुनासो गरेका छन् ।

बेनीदेखि पोखरासम्म ट्याक्सीमा प्रति ७ सय तिनुपर्नेमा अहिले २ हजारसम्म लिने गरेका छन् भने निजी तथा भाडामा जिपले १ हजार लिने गरेको यात्रुको भनाई छ । जिल्ला बाहिरबाट आएका सवारीसाधनले समेत आफुखुसी भाडा लिने गरेपनि जिल्ला ट्राफिक सहितका सरकारी निकायले मनपरीलाई टुलुटुलु हेरेर बस्न बाध्य भएको यात्रुले बताए।

धेरै यात्रु ठगिएका छन्,‘चाडपर्वमा ट्राफिकको चेकजाँच पनि देखिएन’ एक यात्रुले भने । उनले बेनी–पोखरा सडकमा छड्के चेकजाँच गर्दा नै अवस्था छर्लङ हुने बताए । यात्रुको गुनासो सुन्न प्रहरीले कालिपुल बसपार्कमा यात्रु सहायता कक्ष भएपनि यात्रुले समेत गुनासो नदिदाँ समस्या भएको जिल्ला टफिक कार्यालयले जनाएको छ । यता जिल्लाको ग्रामिण क्षेत्रमा समेत कोचाकोच यात्रु बोक्ने क्रम रोकिएको छैन्।