बेनी–दरबाङ सडकखण्ड अन्तरगत बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमा क्षेत्रमा पर्ने फापरखेतको पहिरोमा एकसातादेखि अवरुद्ध सडक सुचारु भएको छ ।

अबिरल बर्षासंगै आएको बाढी पहिरोको कारण सडक भत्काएपछि अबरुद्ध बनेको सडकलाई बेनी नगरपालिका र मंगला गाउँपालिकाले जेसिबि लगाएर पहिरो पन्छाएर सुचारु गराएको बेनी नगरापलिका–४ का वडा सदस्य प्रेम श्रीषले जानकारी दिनुभयो ।

पहिरो पन्छाउन, जनप्रतिनिधि, प्रहरी र यातायात व्यवसायिहरु समेत परिचालन भएका थिए ।  सडक अबरुद्ध हुँदा म्याग्दीको पश्चिम मंगला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दाले जिल्ला सदरमुकाम आवत जावत गर्दा सास्ती खेपेका थिए ।

 

Leave a Reply