प्रतिकूल मौसमका कारण धवलागिरि बेस क्याम्पमा फसेका १४ जनाको उद्धार गरिएको छ ।

पर्यटक गाइड, खच्चड चालक र भरियालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो । ५ जना शेर्पा गाइडलाई पोखरा पुर्याइएको छ । मुस्ताङ मार्फाका खच्चड चालक माइकल परियार, किरण परियार, भरियाहरू सन्तोष तामाङ र धनराज तामाङलाई ताकमको हिलापोखरीमा ओरालिएको छ ।

मार्फाकै बुद्धि, कुमार, प्रकाश, वीरबहादुर र सुकलाल परियारलाई भने इटली क्याम्प रहेको ताकममा ओरालिएको माइकलले जानकारी दिए । धवलागिरि बेस क्याम्पमा अझै २ जना गाइड छन् ।

हिमाली क्षेत्रमा लगातार हिमपात भएपछि त्यहाँ पुगेका पर्यटक, सहयोगी र मजदुर हिउँमा फसेका थिए ।

Leave a Reply