---Advertisement---

गण्डकी प्रदेश र नेपाल प्रहरीको कप्तानी सम्हाल्दै अरूणा र कमला

On: October 13, 2022 9:06 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिता हुदैछ ।नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्दो प्रतियोगिताको सबै तयारी पुरा भएको छ । पहिलोपटक राष्ट्रिय प्रतियोगिता अन्तरगत भलिबल र तेक्वान्दो प्रतियोगितामा सहभागी हुने खेलाडीले एकसातादेखि नै बेनीबजारमा चहलपहल छ। खेलाडी सहित अफिसियलले होटल खचाखच भरिएको छ भने खुल्लामञ्चमा र कवडहलभित्रको भइरहेको अभ्यास खेल समेत दर्शकको नजरमा परेको छ ।

बजार देखि ग्रामिण क्षेत्रमा समेत यसपटक बेनीमा हुने भलिबल प्रतियोगिताको चर्चा छ । भलिबल प्रतियोगिताकै कारण खुल्लामञ्च र कवड हलमात्रै सिंगारिएको छैन बेनीबजारभित्र समेत स्वागत ब्यानर, प्रवेशद्धारका साथै टोलटोलमा प्रतियोगितामा सहभागी हुने खेलाडीको स्वागतको तयारीमा बजारबासी जुटेका छन् ।

यसपटकको भलिबल ब्यापारिक कारोबार, खेलाडीको आगमनले मात्रै नभई म्याग्दी जिल्लाले जन्माएका दुई खेलाडीले टोलीको नेतृत्व गरेकाले समेत म्याग्दीका लागि महत्वपूर्ण छ । १० टिमको सहभागी हुने प्रतियोगितामा दुई म्याग्देली चेली कप्तानीमा महिला टोली खेल मैदानमा देखिने छ ।

आफ्नै गृहजिल्लामा हुने प्रतियोगितामा रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले गण्डकी प्रदेश र मालिका गाउँपालिका वडा नं २ रूमकी कमला पुनले नेपाल पुलिस क्लवको नेतृत्व गदैं प्रतियोगितामा सहभागी हुनेछन् ।विद्यालयस्तरमा हुने खेल, जिल्लास्तरीय बिरेन्द्र शिल्ड प्रतियोगिता हुदै राष्ट्रिय टोलीमा आवद्ध अरुणाले नेतृत्वमा कमला समेत सहभागीे नेपाली महिला टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप जितेको थियो ।

अरुणा अहिले पनि राष्ट्रिय टोलीकी कप्तानकै जिम्मेबारीमा रहेर पनि म्याग्दीलाई गण्डकी प्रदेशमा च्याम्पियन बनेको थियो भने कमलाले समेत विभागीय टोलीको नेतृत्व गरी विभिन्न खेलको उपाधी जिताउन सफल हुनुभएको छ । भलिबलमा विभागीय टोलीलाई उपाधीको दावेदारको रुपमा मानिन्छ ।

म्याग्दीलाई खेलकुदबाट चिनाउन भलिबल खेलाडी अरुणा र कमलाको महत्वपूर्ण योगदान छ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबलका लागि म्याग्दी छनौट हुनुमा दुईवटक अरुणाकै नेतृत्वमा एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियरको उपाधी जिताउने कप्तानकै गृह जिल्ला, महिला भलिबलमा राष्ट्रिय खेलाडी, बेनी नगरपालिकाको प्रतिबद्धता, खेलकुद विकास समिति र भलिबल संघ म्याग्दीको सक्रियता लगायतका कारणहरु मानिन्छ।

 

 

 

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।