म्याग्दीको सदरमुकाम बेनीमा आजदेखि हुने नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिताको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय महिला भलिबलको टाईसिट सार्वजनिक गरेको हो। सार्वजनिक खेल तालिका अनुसार उद्घाटन खेलमा प्रतियोगिताको औपचारिक उद्घाटनपछि दिउँसो २ बजेदेखि गण्डकी प्रदेश र सुदुरपश्चिमाञ्चल बिच उद्घाटन खेल हुने छ ।

लिग सिस्टममा खेलाइने खेलका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको छ । आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबल र तेक्वान्दो प्रतियोगितामा देशैभरबाट ६ सयजना भन्दाबढी खेलाडी तथा अफिसियलहरु म्याग्दीमा आएका छन् । महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित १०को सहभागीता रहेको छ । यसैबीच तेक्वान्दो प्रतियोगिता कालीपुलस्थित बहुउद्देश्यीय कबर्डहलमा खेलाइने छ ।

 

Leave a Reply