म्याग्दी समाज मुन्डुबेरा अष्ट्रेलियाले आर्थिक अभावकै कारण उपचारबाट बन्चित भएका दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले जिल्लाको मालिका गाउँपालिका वडा नं ७ का दुवै मृगौला फेल भई राष्ट्रिय मृगौला केन्द्र काठमाण्डौमा उपचारार्थ धनबहादुर शेरपुञ्जा र मालिका गापा–२, बिलबाङकी भारतको नयाँ दिल्लीको राजिव गान्धी क्यान्सर अस्पतालमा उपचारार्थ क्यान्सर पीडित मनकुमारी पुनलाई आर्थिक सहयोग गरेको हो।

समाजले सेरपुञ्जाको उपचारमा १ लाख ६१ हजार ७६१ रुपैयाँ र पुनलाई २ लाख ४७ हजार ८२२ आर्थिक सहयोग गरेको अध्यक्ष रमेश रोकाले बताउनुभयो । ‘उहाँ दुवैजनाको उपचारमा सानो सहयोग पठाएका छौ,‘उपचारमा निरन्तर आर्थिक आवश्यकता भएकाले अन्य सहयोगदातालाई समेत अपिल गछौं’ अध्यक्ष रोकाले भन्नुभयो । समाजले आर्थिक अभावमा रहेका म्याग्देलीलाई यसअगाडी समेत निरन्तर सहयोग गरेको छ । मुन्डुबेरामा संस्थाको स्थापनापछि त्यहाँ रहेका म्याग्देलीलाई सहज भएको छ भने समााजिक तथा मानवीय कार्यमा समेत एकजुट भएका छन् ।

Leave a Reply