म्याग्दी सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत राष्ट्रिय महिला भलिबल खेलकुद प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ क्लबले सहज जित निकालेको छ । शुक्रवार बिहान भएको खेलमा कर्णाली प्रदेशलाई तीन सेटमै एक अंकमा सिमित गदैं उपाधी जितेको थियो ।

कर्णाली प्रदेशलाई पहिलो सेटमा ६ का विरुद्ध २५, दोस्रो सेटमा २ का विरुद्ध २५ र तेस्रो सेटमा ७ का विरुद्ध २५ नम्बर ल्याउँदै लगातार तीन सेट जित्न सफल भएको हो । यस खेलमा कर्णालीलाई लगातार तीन सेटमा हराउँदै एपिएफले बिजयी यात्रा सुरु गरेको छ ।

कर्णालीका खेलाडीहरु विभागीय टिम एपिएफसँग सामाना समेत गर्न सकेनन् । यस अघि विहिवार सुदुरपश्चिमलाई हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा अघि बढाएको छ । श्ुक्रवार दोस्रो खेल बाग्मती र प्रदेश १ र दिउँसो नेपाल पुलिस क्लव र लुम्बिनी प्रदेशबिच हुने भएको छ ।

 

Leave a Reply