नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ वटा खेलहरु सम्पन्न भएका छन । आज भएको चौथो खेलमा विभागीय टोली नेपाल पुलिस क्लव विजयी भएको छ । बेनीको खुल्लामञ्चमा पुलिस क्लव र लुम्बिनी प्रदेश विच भएको खेलमा पुलिसले सोझो ३ सेट हात पार्दै विजयी भएको हो । पुलिसले लुम्बिनी प्रदेशलाई १०–२५, ११–२५ र ९–२५ को अंकमा लगातार तीन सेटनै पराजित गरेको हो ।

राष्ट्रिय भलिबल खेलाडी म्याग्दीकी चेली कमला पुनको कप्तानीमा रहेको पुलिसले सुरुवात देखिनै लुम्बिनीलाई दबाबमा राखेको थियो । लुम्बिनी कमजोर बनेपछि पुलिसलाई खेल जित्न सहज बनेको थियो । खेलाडीको हौसलाका लागि प्रत्यक खेलमा म्यान अफ म्याच घोषणा गर्ने व्यवस्था गरिएको छ । जसअन्तर्गत उक्त खेलमा नेपाल पुलिस क्लवका लक्ष्मी चन्दले म्यान अफ द म्याचको ट्रफि प्राप्त गर्नुभएको छ ।

 

चन्दलाई प्रहरी नायव निरिक्षक तिलक भारती र जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले उत्कृष्ट खेलाडीको ट्रफि प्रदान गर्नुभएको जिल्ला भलिबल संघका महासचिव कुमार किसानले जानकारी दिनुभयो ।

विहिबार देखि सुरु भएको राष्ट्रिय महिला भलिबल खेलको लिक चरणको खेल संचालन भईरहेको छ । लिक कम नक आउटको सिस्टम अनुसार खेलाईने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टिमको सहभागिता रहेको छ ।

चार समुहमा विभाजन गरि खेल संचालन गरिएको छ । लिक चरणमा एक टिमले ३ खेल खेल्नुपर्ने छ । त्यसपछि क्वाटर फाइनलका खेलहरु संचालन हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो । शनिवार दुई खेल संचालन हुनेछन । विहान १० बजे त्रिभुवन आर्मी क्लव र कर्णाली प्रदेश विच खेल संचालन हुनेछ भने दिउँसो २ बजे प्रदेश १ र मधेस प्रदेश विच खेल संचालन गरिने खेल तालिका बनाईएको अध्यक्ष बानियाँले बताउनुभयो ।

Leave a Reply