नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दी सदरमुकाम बेनीमा जारी महिला भलिबल खेलमा विभागीय टोलीसँग प्रदेशको खेल निकै कमजोर देखिएको छ। पहिलो चरणको खेल अन्तरगत बिहिबार र शुक्रबार सम्पन्न भएको खेलमा विभागीय टोलीले फराकिलो अन्तरले जितेको छ । बेनीको खुल्ला मञ्चमा भएको तीन खेलहरुमा प्रदेश टिमको तुलनामा विभागीय टिमले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् ।

पहिलो खेलमा सशस्त्र प्रहरीको एपीएफले कर्णाली प्रदेशलाई सोझो सेटमा पराजित ग¥यो । पहिलो सेट २५–६ दोस्रो सेटमा २५–२ र तेस्रो सेटमा २५–७ को सहज जित निकालेको थियो भने नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशको टिमलाई सोझो तीन सेटमै हराउँदै जितमा खाता खोलेको छ । पुलिसले पहिलो सेटमा २५–१०, दोस्रोमा २५–११ र तेस्रोमा २५–९ को सहज जित निकालेको हो ।

नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले लिग चरणको खेलमा बिजयी हाँसिल गरेका छन् । यस अघि सुदुरपश्चिमलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेशले समेत बिजयी यात्रा सुरु गरिसकेको छ । शुक्रवार नै भएको खेलमा बागमती प्रदेशले समेत बिजयी सुरुवात गरेको छ । प्रदेश नम्बर १ लाई लगातार तीन सेटमा पराजीत गर्दै बागमतीले बिजयी यात्रा सुरु गरेको हो ।

बागमतीले प्रदेश १ माथि पहिलो सेटमा २५–७, दोस्रामो २५–१२ र तेस्रोमा २५–१२ को सहज जित निकालेको हो । शुक्रवार भएका तीन प्रतियोगितामा एपीएफका कविता भट्ट, बागमतीका सलिना बुढामगर र पुलिसका लक्ष्मी चन्द उत्कृष्ट खेलाडी घोषित भएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिनुभयो । शनिवार पहिलो खेल विभागीय टिम त्रिभुवन आर्मी क्लबसंग कर्णाली प्रदेश र दोस्रो खेलमा प्रदेश नम्बर १ संग मधेश प्रदेशले प्रतिस्पर्धा गर्नेछन् ।

लिग चरनका चार समूहका खेल सकिएपछि क्वाटरफाइनल प्रवेशका लागि दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् । समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् ।

यसैबिच बेनीमा शुक्रबार साझँबाट तेक्वान्दो प्रतियोगिताको खेल सुरु भएको छ । सात प्रदेश, तीन विभागीय र एनआरएनएका ३३० जना खेलाडी विभिन्न उमेर समुहमा ६६ वटा पदकका लागि प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगितामा तयारीमा ढिलाई भएकाले शनिवारदेखि मात्रै खेल प्रतिस्पर्धा गराईने आयोजकले जनाएका छन् ।

Leave a Reply