म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा यही असोज २९ र ३० गते निःशुल्क आँखा शिविर संचालन गरेको छ । मोना अस्ट्रेलिया, नेत्र ज्योती संघ म्याग्दी र मोना आईसीसीको आयोजनामा भगवतीमा निशुल्क आँखा शिविर संचालन गरेको हो ।
सेवा लिने संख्या अत्याधिक भएपछि ३० गतेसम्म शिविर संचालन गरिने शिविरका संयोजक गकुल भण्डारीले बताउनुभयो । ग्रामिण भेगका जनतालाई लक्षित गरेर आयोजना गरिएको शिविरमा निशूल्क आँखा परिक्षण, चश्मा वितरण, शिविरमा पहिचान भएका मोतियाविन्दुका विरामीको पोखरामा शल्यक्रियाको ब्यवस्था मिलाईएको छ ।

Leave a Reply