म्याग्दीमा सेयर लगानीमा सर्वसाधारणहरूको पनि चासो बढ्न थालेपछि सेयरसम्बन्धी साक्षरता कार्यक्रम गरिएको छ । सेयर लगानीका लागि बेनीमा ब्रोकर कम्पनीको शाखासमेत विस्तार गरेको भिजन सेक्यूरिटिज प्रालिको विश्व लगानी सप्ताहको अवसरमा सेयर कारोबार सम्बन्धि अभिबृद्धिको उद्देश्यले एकदिने लगानीकर्ता साक्षरता कार्यक्रम गरिएको हो ।

सेयर बजारका बारेमा समान्य जानकारी नभई लगानी गर्दा लगानी जोखिममा पर्ने भएकाले लगानी अगाडी सम्बन्धित कम्पनीको वित्तिय अवस्था सहितको विश्लेषण आवश्यकता रहेको कार्यक्रमका बक्ताहरूले जोड दिएका थिए ।

लगानीले प्रतिफल दिने भएकाले लगानीकर्ताले आफनो लगानी सुरक्षित गर्न पनि सेयर बजारका बारेमा प्रयाप्त जानकारी राख्नुपर्ने बताइएको थियो ।कार्यक्रमको उद्घाटन गदैं म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले आर्थिक कारोबार पूर्व हरेक क्षेत्रमा जानकारी लिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले म्याग्दीका सानादेखि ठूला सेयरबजारका लगानीकर्ता भएकाले साक्षरता कार्यक्रमहरूलाई प्राथमिकता दिनुपर्ने बताए ।उनले निजी क्षेत्रबाट सेयर कारोबार सम्बन्धि वित्तिय साक्षरता सहितका अभियानलाई आवश्यकता अनुसार साथ र सहयोग गर्ने समेत बताए । नेपाल धितोपत्र बोर्डका निर्देशक ऋषि पण्डितले लगानीकर्ताले सेयर बजारका बारेमा जानकारी लिएर लगानी गर्दा सुरक्षित हुने बताए ।

उनले विना जानकारी प्रयाप्त प्रतिफलका लागि अर्काको सल्लाहमा लगानी गर्दा लगानी फस्ने जोखिम रहेको बताए ।त्यस्तै भिजन भिजन सेक्यूरिटिज प्रालिका कार्यकारी अध्यक्ष राजकुमार तिमिल्सिनाले म्याग्दीका सेयर कारोबारमा संलग्नहरुको आवश्यकतालाई मध्यनजर गरी शाखा विस्तार गरिएको बताए । उनले पछिल्लो ससेयरमा लगानी गर्न सर्वसाधारणहरू पनि आकर्षित हुन थालेको बताए ।

कार्यकारी अध्यक्ष तिमिल्सिनाको अध्यक्षता स्वागत तथा जानकारी बेनी शाखा प्रबन्धक बिशाल हमाल ठकुरी, सञ्चालन उमा शर्माले गरेको कार्यक्रममा बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछाने, अर्डिटर एशोसियसन म्याग्दीका अध्यक्ष नारायणप्रसाद सुबेदी, बैंक तथा वित्तिय संस्थाका प्रबन्धक सहित करिब १ सय जना सहभागी थिए ।

Leave a Reply