बागलुङमा एक महिलाको हत्या भएको छ । जिल्लाको बागलुङ नगरपालिका १ खनियाबासमा शनिबार साँझ ती महिलाको हत्या भएको प्रहरीले जनाएको छ । बागलुङ नगरपालिका वडा नम्बर– १, खनियाबासकी ४० वर्षीय फुलमाया माझीको हत्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक गंगा थापाले बताए ।

घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा समेत प्रहरी खटिई अनुसन्धान गरिरहेको थापाले बताए ।माझी शनिबार दिउसो बागलुङ बजारमा किनमेलका लागि आएको र साँझसम्म घर नफर्किएपछि परिवारले खोजी गर्दा पोखरा बागलुङ सडक छेउमा भेटिएको परिवारलाई उदृत गर्दै थापाले बताए ।

शवको प्रकृति हेर्दा मृतकका कानमा रहेका गरगहना चुडालिएको देखिएको लुटपाट पछि हत्या गरिएको हुनसक्ने बागलुङ नगरपालिका-१ का वडा अध्यक्ष जय बहादुर केसीले बताए यद्यपि घटनाको थप विवरण भने पोस्टमार्टम रिपोर्ट पछि आउने धौलागिरी अस्पतालले जनाएको छ ।शवलाई धौलागिरी प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक माझीका श्रीमान, १ छोरा र ३ छोरी रहेका छन् ।

Leave a Reply