????????????????????????????????????

नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबलको आइतबार सम्पन्न पहिलो खेलमा शसस्त्र प्रहरीको एपिएफ विजयी भएको छ ।

लिग चरणको खेल अन्तर्गत आइतबार भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफले जित निकालेको हो। विभागीय टोली बिचको निकै प्रतिस्पर्धापूर्ण भएको खेलमा एपिएफले पहिलो सेटम २५–२०, तेस्रो २५–२१ र चौथो २५–२३ ले जित हात पारेको थियो ।

प्रतियोगिता दोस्रो सेट त्रिभुवन आर्मी क्लबले २५–१९ले जितेपनि अन्य सेटको खेलमा अन्तिममा सम्हालिन नसक्दा पराजय भोग्नुपरेको थियो । प्रतियोगिता अन्तरगत विभागीय र प्रदेशको खोल सोझो सेटमै विभागीय टोली हावी भएको अवस्थामा आजको खेलमा दुई विभागीय टोलीको खेल निकै रोचक भएको थियो ।

खेलको अवलोकनका लागि खुल्लामञ्चमा खचाखच दर्शकको उपस्थिती थियो । खेलमा एपिएफकी निरुता ठकुन्ना उत्कृष्ट खेलाडी घोषित भएको खेलका अफिसियल व्यवस्थापक तथा जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

उत्कृष्ट खेलाडीलाई अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरत पुनले ट्रफि प्रदान गरेका थिए । खेलको अवलोकन गर्न शसस्त्र प्रहरी,नेपाली सेनाका उच्च अधिकारीहरुको पनि सहभागिता रहेको थियो । दोस्रो खेल दिउसो साढे १ बजे बागमति प्रदेश र मधेश प्रदेशकाबीच हुने छ ।

लिक कम नक आउट सिस्टममा खेलाइने प्रतियोगिताका लागि चार वटा समूह बनाइएको छ । पाँच दिनमा १६ वटा खेल सञ्चालन हुनेछन् । समुह १ र २ मा तीन÷तीन र समुह ३ र ४ मा २÷२ वटा टिम छन् । आउँदो कात्तिक २ गतेसम्म सञ्चालन हुने महिला भलिबलमा सात प्रदेश र विभागीय टिमसहित सहभागिता छन् ।

 

Leave a Reply