नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लिग चरणको खेल सकिएको छ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आइतवार भएको प्रतियोगितामा एपीएफले आर्मी र बागमतीले मधेस प्रदेशलाई पराजीत गरे ।बागमतीले २५–६, २५–८ र २५–७ सहज खेलमा मधेस प्रदेशलाई पराजीत गर्दै क्वाटरफाइनलको यात्रा सुरक्षित गरेको हो । त्यसैगरी सशस्त्र प्रहरीको एपीएफ क्लबले नेपाली सेनासंग २५–२०, १९–२५, २५–२१ र २५–२३ को जित निकाल्यो ।

एउटै समूहमबाट एपीएफले बिजेता र त्रिभुवन आर्मी क्लबले उपबिजेता हुँदै क्वाटरफाइनलको यात्रा तय गरेका हुन् । आइतवार भएको खेलमा एपीएफकी निरुता थकुन्ना र बागमतीकी जेनिसा बिक उत्कृष्ट खेलाडी घोषित भएकी छन् । लिक कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगितामा पहिलो चरणको दुई वटा प्रतिस्पर्धामा पराजित मधेस प्रदेश र कर्णाली प्रदेश लिग चरणबाट वाहिरिएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

सोमबारदेखि सुरु हुने क्वाटरफाइनल खेलमा एपीएफ र लुम्बीनी प्रदेश, बागमती र सुदुरपश्चिम प्रदेश, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब,गण्डकी प्रदेश र प्रदेश नम्बर १ बिच सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । क्वाटरफाइनलका खेल रोचक हुनेछ । यसपटक विभागीय टोलीमध्ये कुनै एक क्वाटरफाइनलबाटै बाहिरिने छ । प्रतियोगितामा विगभाीय बाहेक गण्डकी र बागमती प्रदेशले प्रतिस्पर्धीलाई दबाबमा राखेका छन्। प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय टोलीले सहभागिता जनाएका थिए ।

Leave a Reply