बेनी नगरपालिका-१ रत्नेचौरबाट छिमेकी बागलुङ नगरपालिका–४ कुडुले जोड्ने लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ । धार्मिक तथा पर्यटकीय गन्तब्यका साथै स्थानीयको सहजताका लागि दुई जिल्ला जोड्ने ३ सय ८८ मिटर लामो र १ सय ७० मिटर अग्लो हुने छ ।

पुल बनेपछि बागलुङको पञ्चकोट, कुँडुलेमा रहेको सालग्रामको संग्रालयको अवलोकन गर्न आउनेलाई रत्नेचौरको खेलमैदान, धौलागिरी क्षेत्रकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने स्थानीयको भनाई छ । पुलको कुल लागत ३ करोड ५० लाख रहेको छ । पुल निर्माण गर्नका लागि बानपा ४ कँुडुले निवासी जयलाल सापकोटा, ईनद्र शर्मा र पशुपती सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा ५ मिनेटमै छोटिने स्थानीय यूवा विष्णु कार्की क्षत्रीले बताए । रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दा सदरमुकाम बेनी भन्दा बागलुङमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

तस्वीर सौजन्य :-विष्णु कार्की क्षत्री

Leave a Reply