नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आजदेखि क्वारटफाइनलको खेल हुदैछ । प्रतियोगिता अन्तरगत लिग चरणको बिजेता र उपबिजेता बन्दै आठ टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

आज विहानको पहिलो खेल एपीएफ र लुम्बिनी प्रदेश बिच हुने छ भने दोस्रो खेल बागमति प्रदेश र सुदुरपश्चिम प्रदेश, तेस्रो खेल नेपाल प्रहरी र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, चौथो गण्डकी प्रदेश र प्रदेश नं १ बिच हुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

आजको खेलबाट चार टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । आज हुने खेलबाट एउटा विभागीय टोली बाहिरिने छ भने सेमिफाइनलको खेल समेत निकै रोचक हुने देखिन्छ । कम नक आउट वेष्ट अफ फाइफ सिस्टममा खेलाइएको प्रतियोगिताको कात्तिक २ गते फाइनल हुने जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

Leave a Reply