नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा दुई विभागीय टोली सहित चार टिम सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार खुल्लामञ्चमा सम्पन्न भएको क्वाटरफाइनलका चार खेलमा शसस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरी, बागमती प्रदेश र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश गरेको हो ।

शसस्त्रले लुम्वीनी प्रदेशलाई, बागमतीले सुदुरपश्चिम प्रदेशलाई, पुलिसले आमीलाई र गण्डकी प्रदेशले प्रदेश १ लाई पराजित गरेका थिए । पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो । त्यस्तै बागमती प्रदेशले समेत २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि सहज जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

क्वाटरफाइनलकै खेलमा नेपाल पुलिस क्लव र नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव बिच भने कडा प्रतिस्पर्धा भएको थियो ।नेपाल प्रहरीले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो । पुलिसले र आर्मी मािथ जित निकाल्दा २५–१३, २५–२०, २३–२५ र पाँचौ तथा निर्णायक सेटमो १५–१३ ले पुलिसले जितेको थियो ।

खेलको पहिलो दुई सेट जितेको नेपाल प्रहरीले बाँकी खेलमा सम्हालिन नसक्दा आर्मीले फाइदा लिएको भएपनि अन्तिम खेलमा भने प्रहरीले आर्मीलाई रोक्दै सेमिफाइनको यात्रा सहज बनाएको हो । त्यस्तै गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ माथि जित निकालेको थियो ।

प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लवकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई भएका छन् । कात्र्तिक १ गते मंगलबार हुने सेमिफाईनलको खेलमा एपीएफ र बागमती प्रदेश, नेपाल पुलिस क्लव र गण्डकी प्रदेश विच हुने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

नेपाल प्रहरीकी कप्तान कमला पुन र गण्डकी प्रदेशकी कप्तान अरुणा शाहीको गृह जिल्ला समेत म्याग्दी हो । जिल्लाको दुई चेलीले कप्तानी गरेको टिमले भोली फाइनलका लागि खेल खेल्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए ।

 

Leave a Reply