म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगितामा मंगलबार गण्डकी प्रदेश र नेपाल पुसिल क्लव आमआमने सामने हुने छन्। लिक कम नक आउट सिस्टममा खेलाइएको खेलको क्वाटरफाइनलमा नेपाल प्रहरीले नेपाली सेनाको त्रिभुवन आर्मी क्लव र गण्डकी प्रदेशले प्रदेश नं १ लाई पराजित गरेर सेमिफाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलमा गण्डकी प्रदेश र नेपाल प्रहरीले र शसस्त्र प्रहरीको एपीएफ र बागमती प्रदेशले जित्ने लक्ष्य राखेका छन् । सेमिफाइनलको खेलमा गण्डकी र नेपाल प्रहरीको खेलमा अझ रोचक कुरा त के छ भने म्याग्दीका दुई चेलीले नेतृत्व गरेको टिम आमनेसामने हुने भएका छन् ।

आफ्नै गृहजिल्लामा जारी प्रतियोगितामा रघुगंगा गाउँपालिका वडा नं ३ पिप्लेकी अरुणा शाहीले गण्डकी प्रदेश र मालिका गाउँपालिका वडा नं २ रूमकी कमला पुनले नेपाल पुलिस क्लवको नेतृत्व गर्नुभएको छ । सेमिफाइनलबाट फाइनलमा प्रवेश गर्ने खेलमा प्रदेश र राष्ट्रियस्तरका खेलमा एउटै समुहबाट खेलेका दुवै म्याग्देली चेलील कप्तानी गरेको समुहले आफ्नो पक्षमा नतिजा पार्न निकै प्रयास गर्नेछ ।

विद्यालयस्तरमा हुने खेल, जिल्लास्तरीय बिरेन्द्र शिल्ड प्रतियोगिता हुदै राष्ट्रिय टोलीमा आवद्ध अरुणा र कमला नेपाली राष्ट्रिय टोलीका सदस्य मात्रै नभई ब्यवसायीक भलिबलबाटै स्थापित भइसकेका छन् । नेपाली महिला टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप जितेको थियो ।

अरुणा अहिले पनि राष्ट्रिय टोलीकी कप्तानकै जिम्मेबारीमा रहेर पनि म्याग्दीलाई गण्डकी प्रदेशमा च्याम्पियन बनेको थियो भने कमलाले समेत विभागीय टोलीको नेतृत्व गरी विभिन्न खेलको उपाधी जिताउन सफल हुनुभएको छ ।

विभागीय र अनुभवी खेलाडीले भरिएको नेपाल प्रहरीको नेतृत्व गरेकी पुनलाई सहज महसुस गरेपनि गण्डकी प्रदेशबाट कप्तान शाहीको नेतृत्वमा म्याग्दीकै पवित्रा विसी, रेविना घर्ती, सस्मिता पुन र मनिसा तिलिजा सहितको टोलीले समेत विभागीय टिमलाई पराजित गरी फाइनलको यात्रा तय गर्न टोलीको भनाई छ ।

Leave a Reply