नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत बेनीमा जारी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा शसस्त्र प्रहरीको एपीएफ फाइनलमा प्रवेश गरेको छ । मंगलबार विहान भएको खेलमा शसस्त्रले बागमती प्रदेशलाई १ का बिरुद्ध ३ सेट हात पादैं फाइनलको यात्रा तय गरेको हो । खेलको पहिलो सेट बागमतीले हात पारेपनि बाँकी ३ सेट एपीएफले जितेको छ । बागमतीले पहिलो सेटमा २५–२३ ले जित निकाल्न सफल भएको थियो भने एपीएफले २५–२२, २५–१६, ले सेटमा बागमती प्रदेशमाथि सोझो सेटको जित निकालेको थियो ।

पहिलो र दोस्रो सेटमा निकै प्रतिस्पर्धामा खेलेको बागमतिले अन्तिम सेटमा भने कमजोर डिफेन्सको कारण एपीएफसँग पराजित भयो ।एपिएफबाट प्रतिभा मालीको खेल लयमै भएपनि अन्य खेलाडीले डिफेन्सिपमा कमजोर खेलेका थिए । विभागीय टोलीसँगको प्रतिस्पर्धात्मक खेल भने बागमतिले देखाउन सफल भएको छ ।

विभागीय टोलीसँग प्रदेश कमजोर भनेर अनुमान गरिएकोमा बागमतीले आफ्नो खेलबाट विभागीय टोलीलाई नै टक्कर दिन सक्ने सन्देश सहित सेमिफाइनलबाट बाहिरिएको छ । आज दिउँसो हुने अर्को खेलमा नेपाल पुलिस क्लव र गण्डकी प्रदेशबाट बाहिरिने सँग बागमतिले तेस्रोका लागि खेल्ने छ । नेपाल प्रहरीकी कप्तान कमला पुन र गण्डकी प्रदेशकी कप्तान अरुणा शाहीको गृह जिल्ला समेत म्याग्दी हो ।

Leave a Reply