सामान्यतया हरेक किसिमका खेलाडीलाई घरेलु मैदानको भरपूर फाइदा रहन्छ। खेलमैदानको चारैतिर छरिएका समर्थकहरुबाट सुनिने हुटिङले खेलाडीको उत्साह बढाउँछ। प्रतिस्पर्धात्मक खेलमा त हुटिङकै कारण पनि खेलमा हार,िजतसम्म हुने गरेका प्रसस्तै उदाहरणहरू छन् ।

म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला भलिबल प्रतियोगिता त्यस्तो देखिएन ।प्रतियोगितामा कमजोर खेल प्रर्दशन गरेका मदेश प्रदेश, सुदुरपश्चिम प्रदेश र प्रदेश नं १ का खेलाडीलाई दर्शकले हुटिङ गरी हौसला बढाइरहेका थिए । गत बिहिबारको उद्घाटन खेलमा गण्डकी प्रदेशले लगातार सोझो तीन सेटमा सुदुरपश्चिम प्रदेशलाई हराउँदै विजयी बनेको थियो ।

गण्डकी प्रदेशकी कप्तान अरुणा शाही सहित पाँच खेलाडी घरेलु मैदानमा खेलेपनि भलिबल प्रेमीहरूले खेलमा सुदुरपश्चिमका खेलाडीलाई साथ दिएका थिए । लिक कम नकआउटका सबै खेलमा कमजोर खेल देखाएको सुदुरपश्चिमका खेलाडीले खेल अवधीभर दर्शकको समेत धेरै मायाँ पाए । पहिलो चरणकै कर्णाली प्रदेश र सशस्त्र प्रहरी बल (एपिएफ)को खेलमा दर्शकको समर्थन कर्णालीलाई दिएका थिए ।

सुदुरपश्चिमजस्तै मधेशबाट पहाडमा उक्लिएर खेलेका खेलाडीलाई आयोजकले नाम लिएपछि खेलाडीको हौसला बढाउन पुगेका दर्शकले नामै लिएर हौसिएका देखिन्यो। क्वारटफाइनलबाट सेमिफाइनलमा प्रवेश गर्ने खेलमा गण्डकी प्रदेश र प्रदेश नं १ बिचको खेलमा समेत उस्तै दृष्य देखिएको थियो । राजनीतिक मुद्धाले फाटो पारेको तराई र पहाडको सम्बन्धलाई खेलका खेलाडी, दर्शकको मायाँले भ्रम मात्रै रहेको पुष्टी खुल्लामञ्चमा देखिन्थ्यो ।

बिगागीय टोलीसँगै कमजोर खेल खेलेपनि सुदुरपश्चिम, कर्णाली, प्रदेश नं १, लुम्बिनी र मधेश प्रदेशका खेलाडी दर्शक र स्थानीय आयोजकको मायाँले निरास देखिँदैनथे । दर्शकबाट प्राप्त हौसलाले खेलाडी तथा प्रशिक्षक खुसी थिए। खेलपछि मैदानमा आयोजक, स्वयंमसेवक र दर्शकले समेत विभागीय टोली, राष्ट्रिय खेलाडी बाहेक पहिलोपटक भलिबलको राष्ट्रिय खेलमा डेब्यू गरेका नयाँ अनुहारसँग तस्बिर लिन र कुराकानी गर्ने गरेका थिए ।

प्रतियोगितामा राम्रो खेलाडीलाई सम्मान र नयाँ र पहिलोपटक राष्ट्रिय खेल खेल्दै गरेका उमेरले २० बर्ष मुनिका खेलाडीको पक्षमा समर्थन गर्ने बढी भेटिए। लिग र क्वाटरफाइनलसम्मको खेलमा कमजोर खेल देखाउने प्रदेशका खेलाडीमा समर्थन बढी देखियो। हिमाल,पहाड,तराईः कोही छैन पराई भन्ने नारा अहिले खुल्लामञ्चमा प्रयोग भइरहेको छ ।

एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नारासहित सुरू भएको खेलको उद्घाटन सत्रमै आयोजित प्रभातफेरीमा स्वागत र खेलमैदानमा दर्शकको मायाँबाट उत्साहित भएको मदेश प्रदेशकी कप्तान प्रजुना थापाले बताईन् । ‘पहाडी क्षेत्रमा आएका खेल खेल्दा पाएको मायाँ अविस्मरणीय छ, बेनीलाई सधै सम्झिन्छौ’ थापाले भनिन् ।उनले न्यानो स्वागत र खेलमा दर्शकको साथबाट पराजित भएपनि विजय भएजस्तै महसुस भएको बताईन् ।

यता प्रतियोगितामा पराजित भए पनि म्याग्देली दर्शक र स्थानीय ब्यवस्थापकको साथ र सहयोगले उत्साहित भएर फर्किएको कर्णाली प्रदेशका प्रशिक्षक मोतिराम राम्टेलले बताए । ‘हाम्रो खेलाडीले म्याग्दीमा राम्रो साथ र समर्थन पाए,‘यो खेलले जोडेको मिठो सम्बन्ध हो’ प्रशिक्षकले राम्टेलले भने।

उनले खेलमार्फत जोडिएको सम्बन्ध लामो र दिगो हुने बताए । यता घरेलु मैदानमै खेलिरहेका गण्डकी प्रदेशको टोलीमा रहेका म्याग्देली खेलाडीले समेत बाहिरी जिल्लाका खेलाडीलाई दिइएको मायाँले देशभरी म्याग्दीको प्रचारप्रसार र सकारात्मक सन्देश प्रवाह भएको बताएका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेशको कप्तान अरुणा शाही र नेपाल प्रहरीकी कप्तान कमला पुनको गृह जिल्ला म्याग्दी भएपनि दर्शकले कमजोर मानिएका प्रदेशका खेलाडीलाई दिएको साथ र सहयोगले समग्रमा खेलको जित भएको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँको भनाई छ ।

 

Leave a Reply