---Advertisement---

तेक्वान्दोमा पुलिस विजयी

On: October 19, 2022 10:21 AM
Follow Us:

नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दो खेलमा विभागीय टिम नेपाल पुलिस क्लव विजयी भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा मंगलबार सकिएको तेक्वान्दो प्रतियोगितामा ११ स्वर्ण, ४ रजत र १ कास्य पदक जितेको प्रहरी विजेता बनेको हो । ७ स्वर्ण, ८ रजत र २ कास्य पदक जितेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लव दृतीय तथा तीन स्वर्ण, दुई रजत र ९ कास्य पदक जितेको शसस्त्र प्रहरी तेस्रो बनेको राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक नविन श्रेष्ठले जानकारी दिनुभयो ।

मधेश प्रदेशले १ स्वर्ण, दुई रजत र ५ कास्य, प्रदेश १ ले ८ वटा कास्य, बागमतीले १ रजत र ३ कास्य, गण्डकीले ७ कास्य, लुम्बीनीले २ रजत र ४ कास्य, कर्णालीले ३ कास्य, सदुरपश्चिम र एनआरएनएले एक÷एक वटा रजत पदक जितेका छन् । असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनएका खेलाडीले विभिन्न २१ वटा खेलमा भाग लिएका थिए ।

विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दिपक विष्ट, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, बेनपा ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्य लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । गिरोगीतर्फको १६ वटा खेलका स्वर्ण पदक विजेतालाई रु. २५ हजार र ५ वटा पुम्पे खेलमा स्वर्ण पदक विजेतालाई जनही रु. १५ हजारका दरले नगद पुरस्कार, प्रशंसापत्र प्रदान गरिएको थियो ।