म्याग्दीको सदरमुकाम बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल र तेक्वान्डो प्रतियोगिताको उद्घाटन समारोहको अवसरमा बेनीबजारमा निकालिएको प्रभातफेरमिा सहभागी पुख्यौली समुहको टोलीमा मादले थिए प्रतिक पाईजा ।

रघुगंगा गाउँपालिका–४,दग्नामका पाईजा विगत ७ बर्षदेखि पुख्यौंली समुहमा मादलेको भूमिकामा देखिन्छन्। बेनीको लिटल गार्डेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत पाईजा मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्यौलीको अस्तित्व बचाउन बुढापाकासँगै विभिन्न कार्यक्रममा समेत पुगेका छन् ।

मगर समुदायमा जन्म, मृत्यु, बिवाह, छेवार र सहरबजार तथा गाउँमा हुने बिषेश सभा समारोहमा परिवेश अनुसार पुख्यौली नाच देखाउने पुग्ने टोलीमा पाईजाको उपस्थितीले बुढापाका समेत उत्साहित छन् ।

आधुनिक संस्कृतीको प्रभावका कारण जनजाती यूवापुस्ताको चासो खटिरहेको अवस्थामा पाईजाले भने पुर्खाले छोडेर गएको कला र संस्कृतिको जर्गेनामा सधै सक्रिय हुने बताउँदै लोप हुन नदिन संरक्षणमा लाग्ने बताए ।

‘मैले पाँचबर्षकै उमेरमा पुख्यौंलीलाई चिने, अहिले दिनभरी मादले बनेर हिड्न सक्छु’ पाईजाले भने । आफ्नो उमेका साथीहरू कमै भएपनि बुढापाका र अनुभवी कलाकारसँगै रमाउने गरेको बताए ।

उनले पहिलो प्राथमिकता पढाई भएपनि फुर्सद र विदाको समयमा हुने कार्यक्रमहरूमा सहभागी हुने गरेको बताए । उनले पुख्यौंली नाचभित्रका सबै महत्वका बारेमा प्रष्ट जानकार रहेको समेत बताए। उनले आफ्नो सक्रियतामा कुनै कमी नहुने समेत बताए ।

पुख्यौलीमा लामो भाका र स्वर निकालेर गाईने गितको भावमा डुवेर भांग्रा, कछाड, टोपीको पहिरचनमा मादल भिरेर नाचेको दृष्य निकै रोचक हुन्छ । अझ मादलेसंगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषहरुले पुख्यौनी नाचमा रौनकता थपिन्छ ।

पुख्यौली नाचमा सोरठी भाकामा गित गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । पुख्यौंली समुहका अग्रजले फुच्चे मादले भनेर समेत बोलाउने गरेका पाईजालाई मारुनी र महिलाको भेषमा समेत नाँच्न आउँ छ ।

यता पाईजाको सक्रियताले यूवापुस्तालाईपुस्ताले सुम्पिएर गएको भाषा, वेशभुषा, संस्कार, इतिहास, रीतिरिवाजको संरक्षणमा सक्रिय हुन दवाव मिल्ने मगर संघ म्याग्दीकी निर्वतमान अध्यक्ष डकमायाँ पुनले बताईन् ।

पुख्यौंलीमा गीत, संगीत, अभियन, शैली र उद्देश्य गरी सात तत्व भएको नाचमा सबैको आफ्नो भूमिमा खुलेर प्रस्तुत गर्ने भएकाले पर्यटकलाई समेत आर्कषित गर्ने गरेको छ ।

 

Leave a Reply