म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ७ हिस्तानकी तारादेवी पुनले ८१ केजी तौल समूहमा स्वर्ण पदक जित्दै इतिहास रचिन् । नवौं राष्ट्रिय खेलकुदम म्याग्दीका तारादेवी पुनले भारोत्तोलनमा स्वर्ण जितेकी हुन् । पुनको अविराम यात्राले यसपटक पनि निरन्तरता पाएको छ । प्रतियोगितामा स्वर्ण संगै तीन वटा राष्ट्रिय कीर्तिमान आफ्नो नाममा बनाइन ।

उनले क्लिन एन्ड जर्कमा १०२ केजी, स्न्याचमा ७० केजी, र कुल १७२ केजीको भार बहन गर्दा यसअघि लक्ष्मी बमको नाममा रहेको तीन वटै कीर्तिमान तोडिन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा बमले स्न्याचमा ६९, क्लिम एन्ड जर्कमा ८७ गरी कुल १५६ केजीको भार बहन गरी राष्ट्रिय कीर्तिमान कायन गरेकी थिइन् ।

ताराले १६ वर्षको उमेरमै पहिलो स्वर्ण भलिबलबाट पाएकी थिइन । २०५४ मा नेपालगन्जमा भएको चौथो राष्ट्रिय खेलकुदमा उनले पश्चिमाञ्चलबाट खेल्दै स्वर्ण जितिन । त्यसपछि भने उनले भारोत्तोलन सुरु गरेका थिए । उनले ०६५ मा काठमाडौंमा भएको पाँचौ, ०६८ मा धनगढीमा भएको छैटौं, ०७३ मा विराटनगरमा भएको सातौं र ०७६ मा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा भारोत्तोलनबाट स्वर्ण जितेर कीर्तिमान बनाएकी थिइन् ।

नेपाल पुलिसमा अनुबन्धन भएयता भारोत्तोलन खेल्न थालेकी उनले पाँचौदेखि नवौं राष्ट्रिय खेलकुदसम्म लगातार स्वर्ण जितिन् । १०० किलो भन्दा बढी भार बहन गर्ने र लगातार ६ स्वर्ण जित्ने उनी एकमात्र नेपाली खेलाडी हुन । वि.सं. २०५५ सालको चौथो राष्ट्रिय खेलकुद प्रतियोगितादेखि नवौं संस्करणसम्म स्वर्ण जित्ने सफलता जोडिएको नेपाली खेलकुदमा ‘स्ट्रङगेस्ट वमन’को पहिचान पाएकी पुनले खेल यात्रालाई केहीबर्ष निरन्तरता दिने सोच छ ।

आफ्नो जिवनमा जस्ता चुनाती र अवसर आउँछन् सजिलै सामाना गर्ने स्वभाव रहेको पुनले बताईन् । तारादेवीमा ४० वर्षको उमेरमा पनि उस्तै शक्ति देखिएको छ। आफ्नो शक्तिको पछाडि आत्मबल नै रहेको उनको भनाइ छ। ‘मेरो सफलता र शक्तिको राज आत्मबल नै हो,’ उनी भन्छिन्।

स्वास्थ्यले साथ दिइरह्यो भने ५० वर्षसम्म खेल्न मन छ उनलाई। ‘स्वास्थ्यले साथ दियो भने ५० वर्षसम्म खेल्न मन छ। उनको अन्तिम पटक साग खेलेर विश्राम लिने लक्ष्य छ । नेपाल पुलिस क्लबबाट पाँचौं, छैटौं, सातौं, आठौं र नवौं संस्करणसम्म स्वर्ण जित्दै तारादेवी राष्ट्रिय खेलकुदकै सबैभन्दा सफल खेलाडीका रूपमा स्थापित भइन्। यसमा पनि उनले दुई फरक खेलबाट स्वर्ण जित्ने सफलता वि.सं. २०६५ सालमै बनाएकी थिइन्। चौथोदेखि नवौं संस्करणको यात्रा नियाल्दा उनलाई गर्विलो महसुस हुने गर्छ ।

Leave a Reply