आसन्न प्रतिनिधि तथा प्रदेशसभामा म्याग्दीका लागि निर्वाचन आयोगले तयार पारेको नमूना मतपत्र सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालयले आफ्नो फेसबुक पेजमा जारी गरेको विवरणमा प्रतिनिधिसभामा राजनीतिक दल सहित स्वतन्त्र गरी ९ चुनाव चिन्ह छ। त्यस्तै प्रदेशसभा क्षेत्र नं १ मा ५ दलक र प्रदेशसभा ख मा स्वतन्त्र सहित ६ दलको चिन्ह रहेको छ । प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्र र प्रदेशसभामा नेपाली कांग्रेसको चुनाव चिन्ह छैन् ।

बाम लोकतान्त्रिक गठबन्धन भएकाले म्याग्दीमा माओवादीले प्रतिनिधिसभामा नेपाली कांग्रेसलाई सघाएको छ भने कांग्रेसले प्रदेशसभा क र ख माओवादी केन्द्र सहयोग गरेको छ । प्रत्यक्षतर्फको यो चुनाव चिन्ह सहज भएपनि सामानुपातिकको मतपत्र भने लामो र निकै भद्दा हुने बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभामा मतदातालाई चुनाव चिन्ह छान्न सहज भएपनि सामानुपातिकमा भने निकै सकस पर्ने देखिन्छ । निर्वाचनको क्रममा मतदानको प्रक्रिया जानकारी गराउन नसकेमा छोटो भएपनि मत बदर हुने सम्भावना धेरै छ ।

 

Leave a Reply