म्याग्दी जिल्लाको बेनी नगरपालिका–४ बास्कुना गाउँमा उत्पादन गरिएको कलमी सुन्तला बजारमा आएको छ । हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहारको मुखमा बास्कुना गाउँको सुन्तला बगैँचामा यतिबेला कलमी सुन्तला बजारमा गएको हो।

सुन्तलाको पकेट क्षेत्र मानिने बास्कुनामा सानो बोटमा छिटो र ठूलो आकारमा फल्ने र हेर्दा काँचो देखिने कलमी प्रजातिको सुन्तलाको अत्याधिक बजार रहेको स्थानीय अगुवा यूवा सन्दिप केसीले बताउनुभयो ।

’यसपटक उत्पादन र माग दुबै बढेको छ,’कात्तिक महिनाभरी बजारमा पुग्छ’ कृषक केसीले भन्नुभयो । उहाँका अनुसार किसानले बोटबाट नै प्रतिकिलोग्राम रु ९० मा सुन्तला बिक्री गरिरहेको छ । सुन्तला उत्पादनको मौसम आगाडि नै बास्कुनाका केही किसानले बजारमा ताजा सुन्तला बिक्री गर्ने उद्देश्यले कलमी गरिएको सुन्तला सदरमुकाम बेनीबजारमा पठाइएको छ ।

विगतमा यसपटक जिल्ला बाहिर लैजाने सुन्तला बेनीबजारमै खपत गरिएको छ । बजारमा प्रति केजी १ सय ३० रुपैयाँसम्म बिक्री हुने गरेको छ ।

स्थानीय अगुवा कृषक दिपेन्द्र गुरुङले बारीबाट ६ हजार केजी, भिम थापा ४ हजार केजी, दलबहादुर कार्की ३ हजार केजी, शेरबहादुर केसी २ हजार केजी र सन्दिप केसीको बगैचामा ३ हजार केजी उत्पादन भएको छ ।

बजारमा अत्याधिक माग रहेको सुन्तलाको सिजन आगाडि र्नै उत्पादन हुने कमली सुन्तला रोप्ने गरिएको छ । बास्कुनाबाट सिजनमा ५० लाखभन्दा बढीको सुन्तला निर्यात हुन्छ । कलमी सुन्तला पोखरामा प्रति किलोग्राम रु १६० र काठमाडौँमा रु १९० मा बिक्री हुने गरेको व्यापारी बताउँछन्।

 

Leave a Reply