खोजेर पाइएला कहाँ?
चोरेर पाइएला कहाँ?
ती हुन् दुई अक्षरको
प्यारी सबैमा आमा।

बुझ्दैछु तपाईका
दिन दुखःका
पिर नगर्नु है आमा
आउनेछ पक्कै दिन सुखका।

मिहिनेत गर्दैछु म पनि
तपाईको यी दुखः बुझी
नआत्तिनु है आमा
बनाउनेछु अवश्य तपाईलाई धेरै खुसी।

धेरै छ तपाईको माया
दुई चार शब्द कापीमा लेख्दैछु
सकिदैन भनेर कति छ माया
तर पनि कविता बनाई पोख्दैछु।

कसैसँग तुलना नगरिदिनु
थाहा छ अरूभन्दा छु बेग्लै
आखिर के नै छ र जीवनमा
जन्म र मृत्यु सबै एक्लै।

(सन्ध्या राना मगर श्री हेम उच्च माध्यामिक विद्यालय धौलागिरी गाउपालिका – ७, सिवाङ, म्याग्दीमा कक्षा १० मा अध्ययनरत छिन्।)

Leave a Reply