राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर घरदैलो अभियानमा जुटेको छ । हिन्दु राष्ट्र र राजतन्त्रको पुर्नस्थापना सहितको एजेण्डा लिएर जनताको माझमा पुगेको राप्रपाका उम्मेदवार सहितको टोलीले धेरै पटक अरू राजनीतिक दललाई जनताले मतदान गरे पनि यस पटक राप्रपालाई मत दिन मतदातालाई अपिल गरेका छन् ।

घरदैलो अभियानमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार जगतप्रसाद गौचनले राप्रपाको विचार, नीति र सिद्धान्तप्रति जनताको आकर्षण बढेको बताउनुभयो ।  उहाँले म्याग्दीमा पञ्चायतकालको विकासलाई अझै जनताले प्रयोग गर्नुपर्ने अवस्था रहेको बताउँदै राजनीतिक दलले निर्वाचनमा जनतालाई दिएको आश्वासनबाट आजित भएकाले अब राप्रपालाई नै रोज्ने दावी गनुुभयो । ‘मतदाताको चाहना नै राजतन्त्र र हिन्दुराष्ट्र घोषाणा छ,‘हामीले जितेपछि पहिलो काम यही हुन्छ’ प्रतिनिधिसभा सदस्य उम्मेदवार गौचनले भन्नुभयो।

जनताको माझमा राप्रपा र घरदैलो अभियान’ अन्र्तगत हरेक जिल्लाका टोल–टोलमा पुगेर मत माग्ने गरी राप्रपाका नेताहरु सक्रिय छन् । राप्रपाले निर्वाचन केन्द्रित रहेर अभियान सञ्चालनका लागि प्रतिनिधि समेत खटाईसकेकोे जिल्ला अध्यक्ष बिरबहादुर थापाको भनाई छ । राप्रपाले प्रदेश सभा (क)मा राप्रपाका प्रवीन शाही, प्रदेश सभा (ख)मा राप्रपाका मिठुकुमारी थापालाई उम्मेदवार बनाएको छ ।

Leave a Reply