आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले घरदैलो अभियान सहित नयाँ अनुहारलाई यसपटक अवसर दिन मतदातालाई अपिल गरेको छ । प्रतिनिधिसभाका उम्मेदवार डा. हरि केसीले यसपटक म्याग्देली जनताले नयाँ अनुहारलाई रोज्ने बताउनुभयो । ‘पुराना एजेण्डाले अव देश बन्दैन,‘हामीले देश बनाउने संकल्प सहित मतदाताको माझमा पुगेर प्रतिबद्धता जनाइरहेका छौ’ डा. केसीले भन्नुभयो ।

देशैभरीस्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले धमाधम स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएको बताउँदै स्थापना भएको छोटै समय र संगठन विस्तारले नेता तथा कार्यकर्ता उत्साहित भएको डा. केसीको भनाई छ । अहिले घरदैलो, चिया चोक, चौतारामा भेटिएका मतदाताहरुसंग पार्टीका प्राथमिकताका बारेमा जानकारी गराएकाले आर्कषण बढेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्र्टीले प्रदेशमा भने उम्मेदवारी दिएको छैन् ।

Leave a Reply