नेपाली गितसंगीतको क्षेत्रमा पछिल्लो समय चर्चा कमाएका गायक प्रकाश दूतराजले दिपावलीको अवसरमा अष्ट्रेलियामा आयोजित दिपावली साँझमा धमाका मच्चाएका छन् । संगीत प्रेमीलाई फरक–फरक स्वाद पस्कने गायक दुतराजले आफ्ना लोकप्रिय गीतमार्फत अस्टेलियामा रहेका नेपालीलाई आफ्नो सांगितिक प्रस्तुतीमार्फत दर्शकको मन जित्न सफल भएका छन्।

म्याग्दी सेवा समाज मुन्दुबेरा अष्ट्रेलिया र काठमाण्डौ मम हाउस एण्ड बारको आयोजनामा भएको पहिलो सांगितिक कार्यक्रम मार्फत दर्शकको मन जित्न सफल भएको समाजका अध्य्क्ष रमेश रोकाले बताउनुभयो । ‘लोकप्रिय गायक दुतराजको प्रस्तुतीमा सबै रमाइरहेका थिए,‘धेरै कार्यक्रमहरु रहेका छन’ अध्यक्ष रोकाले भन्नुभयो । सोही अवसरमा गायिका भुमिका गिरीले समेत आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

विविधतापूर्ण शब्द तथा सामाजिक सन्देशले भरिएका गीतकै कारण गायक दुतराज लोकप्रिय भएकाले अहिले देशबाहिर समेत अत्याधिक माग आइरहेको छ। अष्ट्रेलियाका विभिन्न सहरमा गायक दुतराजको कार्यक्रम रहेको छ। गायक दुतराजले दशैंमा नयाँ गीत ‘मैं जाम्ला’ सार्वजनिक गर्नुभएको थियो । गरिब परिवार, आमाको संर्घंष, शिक्षा लगायत सामाजिक गतिविधि, परिवेशलाई छपककै छोपेको गीत अहिले लोकप्रिय छ ।म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनमा जन्मिएका प्रकाश दुतराजको गीतलाई सामाजिक सञ्जाल र टिकटकमा समेत निकै रुचाइन्छ ।

यसअगाडी ‘मन भुल्छ’, ‘जाम भो माईली एल्बमको ‘लाहुर जाने रेलैमा’ बोलको गीत करोड क्लवबाट अगाडी बढेपछि गायक दुतराजले अन्तराष्ट्रिय कार्यक्रममा समेत नियमित अफर आउन थालेको छ । आफ्नै स्वर, अभियनमा समेत फरक स्वादले दुतराजका गीत यूटुवमा खोजी–खोजी हेर्ने बानी दर्शकलाई परिसकेको छ । दुतराजले पस्किएका पछिल्ला करिब आधा दर्जन गीतमा आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा, जाम भो माइलीमा मानवीय र सामाजिक सन्देश लुकेको छ ।

 

Leave a Reply