नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको टोलीले मंगलबार धवलागिरी गाउँपालिका-५,मल्कवाङमा मतदाता र कार्यकर्ता भेटघाट तथा घरदैलो गरेका छन् । प्रदेशसभा क्षेत्र (ख)का उमेद्वार माओवादीका रेशम जुग्जाली (सुविन) सहितको टोलीले मल्कवाङको विकासमा परिणामुखी काम गर्न यसपटक गठबन्धनको उम्मेदवारलाई बिजय बनाउन अनुरोध गर्नुभएको थियो । उहाँले पाँचबर्षमा मतदातालाई दिएको प्रतिबद्धताहरु पुरा गर्ने बताउँदै संविधानको रक्षा र म्याग्दीको विकासका लागि नै गठबन्धनले काम गर्ने बताउनुभयो ।

अगुवा कार्यकर्ता भेला तथा घरदैलो अभियानमा मतदाता उत्साहित देखेको टोलीले जनाएको छ । घरदैलो तथा भेटघाट कार्यक्रममा नेपाली कांग्रेस प्रदेशभसा ख का सभापति टंकप्रसाद पुन लगायतका नेताहरुको उपस्थिती रहेको थियो । यसैबीच प्रतिनिधिसभा सदस्यका उमेद्वार काँग्रेसका खम्बिर गर्बुजा, प्रदेशसभा क्षेत्र (क)का उमेद्वार हरिबहादुर भण्डारीको टोलीले बेनी नगरपालिका भित्र घरदैलो तथा कार्यकर्ता भेटघाट गर्नुभएको छ । प्रतिनिधिभाका सदस्य उम्मेदवार गर्बुजाले यसैपटक गठबन्धनलाई बिजय बनाएर पाँचबर्ष विकास निर्माण सहितका अभियानहरुको लहर हेर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

Leave a Reply