गत असारमा गएको पहिरोले सडक बगाइदिए पछि अवरुद्ध भएको पश्चिम म्याग्दीको दरबाङ–फुलवारी–खानीबोट–बेलीहुँदै रुम जोड्ने सडक पाँच महिना वित्दा समेत संचालनमा आउन सकेको छैन ।

म्याग्दीको मालिका गाउँपालिका–३ खानीबोटमा गतअसार ९ गते सडकको माथिबाट खसेको पहिरोले सडक बगाए पछि सडक अवरुद्ध भएको हो ।गएको असार महिनादेखि अवरुद्ध भएको सडकका कारण स्थानीयले जोखिममोलेर वारपार गर्नुपर्ने बाध्यता छ भने रुमको बेलीलगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्तीभएको छ ।

पहिरोले खानीबोट–बेली सडक खण्डको करिव १५० मिटर सडक बगाएपछि उक्त ठाउँमा अहिले विशालभीर बनेको छ । भीरालो जमिन र अत्यन्त जोखिमयुक्त ठाउँ भएकोले स्थानीयले जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता छ भने रुमको बेलीलगायतका बस्तीमा जाने स्थानीयलाई समेत सास्तीभएको स्थानीयवासी ५९ वर्षिया असारी नगरकोटीले बताइन् ।

‘गाईवस्तुलाई घाँसपात गर्न दैनिकरुपमाओहोरदोहोर गर्नुपर्छ,कतिबेला खुट्टाचिप्लिएर मरिने हो भन्ने डर लाग्छ’घाँसको भारी बोकेर सो पहिरो पार गर्दै गरेकी नगरकोटीले भनिन् ‘पाँचमहिनावित्यो,हामीले यस्तै जोखिममोलेर पहिरो वार पार गरिरहेका छौं,पानी परेको बेला कतिबेला चिप्लिएर मरिने हो भन्ने डर हुन्छ ।’

खानीबोटका स्थानीयले श्रमदान गरेर पाइला अड्याउने ठाउँ बनाएका र सोही ठाउँमा पाइला राख्दै खानीबोटको विशालभीर ओहोरदोहोर गर्नुपर्ने वाध्यता रहेको सोही बाटो भएर बेली–दरबाङ आउजाउगर्ने मालिकागाउँपालिका वडा नं २ बेलीकाश्यामपुन मगरले बताए ।

मलिका गाउँपालिका ३ का वडअध्यक्ष मोतीप्रसाद बूढाले पहिरोका कारण सडकमा ठूलो क्षति पुगेकोले वडा र पालिकाको पहलमा मात्रै सडक संचालन गर्न सम्भव नभएकोले ढिलाइ भएको बताए । ‘पहिलेकै स्थानबाट सडक संचाल नगर्न सम्भव छैन,वैकल्पिक ठाउँको खोजीभइरहेको छ’ वडाअध्यक्ष बूढाले भने–‘पहिरोको माथि पट्टी व्यक्तिगतजग्गा पर्छ, जग्गावालासँग बाटोका लागि कुरा मिल्न सकिरहेको छैन,बजेटको पनिअभाव छ,त्यसैले सो सडक तत्काल संचालनमाल्याउनहामीले चाहेर पनि सकिरहेका छैनौं ।’

अवरुद्ध सडक संचालनमा नआउँदा मालिका गाउँपालिका वडा नं २ र ३ का २ हजार भन्दा बढी जनता असुविधामा परेका मालिका २ बेलीका टकबहादुर विकले बताए । यातायातका साधनहरु मार्फत एक घण्टामा नै बेलीबाट दरबाङ आउन सकिन्थ्यो भने पहिरोका कारण यातायातका साधनहरु संचालन नहुँदा एक दिन नै खर्चिनु पर्ने समस्या रहेको स्थानीयको गुनासो छ । सडक अवरुद्ध हुँदा नियमित आवतजावत गर्नेहरुका साथै खाद्यान्न,निर्माण सामाग्री लगाएतकाअत्यावश्यक वस्तुहरुको ढुवानीमा समेत ठूलो समस्या उत्पन्न भएको शिक्षक टेकबहादुर घर्तीले बताए ।

Leave a Reply