तिहारलाई दिदीभाइ तथा दाजुबहिनी बिच प्रेम र आत्मीयता बढाउने पर्वका रूपमा चिनिने गरिन्छ। भाइटीकाका बेला दिदीबहिनीले दाजुभाइलाई दिने आर्शिवाद अझ महत्वपूर्ण मानिन्छ ।

त्यसैले एकअर्काबाट जति नै टाढा भएपनि भाइटीकाका बेला भने दिदीबहिनी दाजुभाईहरु जमघट हुने कोसिस गर्दछन्। तर,अभिभावकलाई कलिलै उमेरमा छोडेर गएका बालबालिकाको घरमा दिदीबहिनी समेत छैनन् । साहराविहिन बालबालिका बस्ने बालगृहका बालबालिकाले भने बालगृहभित्रै दिदीबहिनी, दाजुभाई बनाएर भाईटिका लगाउने गरेका छन् ।

दशैंमा मान्यजन र तिहारमा दिदीबहिनीको हातबाट टिका लगाउने, आशिष थाप्ने, विशेष गरि ठूला र सानाबिचको प्रेम र आत्मीयता बढाउने नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित म्याग्दी बालगृहका बालबालबालिका अग्रसर छन् ।

दशैंतिहार जस्ता ठूला पर्वमा परिवार र आफन्तको सम्झना नहोस् भनेर बालगृहका बालबालिकालाई सामुहिक टिका र मिठो खुलाउने गरिन्छ।यसबर्षको भाईटिकामा पनि बालगृहका बालबालिकाले सामुहिक टिका लगाए । बालगृह भित्र हसिलो अनुहारमा टिका थाप्दै गरेका बालबालिकाले एउटा ठूलो परिवारभित्रको बसाई निकै सुखमय रहेको बताएका थिए ।

बाल संगठनका अध्यक्ष राजेश शाक्य, मोना हङकङका अध्यक्ष कर्ण पुन मगर लगायतको उपस्थितीमा बालबालिकाले टिका ग्रहण गरेका थिए । १२ जना बालबालिका आश्रीत रहेको बालगृहमा चाडपर्वमा नयाँ लुगा, मिठो खानेकुरा नियमित खानपिन भन्दा फरक गरिने अध्यक्ष शाक्यले बताए ।

‘मेरो कार्यकाल सुरु हुदैछ,‘मैले आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु,, यहाँ अझै धेरै बालबालिकाको प्रवेश हुन्छ’ शाक्यले भने। उनले बालगृहमा रहेका बालबालिकाहरु बिचको सम्बन्ध दाजुभाई, दिदीबहिनी जस्तै भएकाले सबैले सामुहिक टिका लगाउने गरेको बताए । चाडपर्व सहित अन्य समयमा समेत पारिवारिक वातावरण भएकाले बालबालिका समेत निकै उत्साहित छन् ।

Leave a Reply